• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, असोज ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : मंगल ग्रहमा तीव्र गतिमा बग्‍ने नदी !

राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

खोलाले बगाएर महिलाको मृत्यु

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एकको मृत्यु

खोलाले बगाउँदा एक जनाको मृत्यु

लागुऔषधसहित पाँच जना पक्राउ

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • २. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • ५. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ६. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ७. दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

  • ८. विश्‍व घटना : सबै मानिस ८० हजार वर्षअघि हिँडेका थिए अफ्रिकाबाट !

  • ९. डुकुछापको खोरमा दोस्रो चितुवा

  • १०. अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै


    Avatar photo
शनिबार, असोज १०, २०८३ मा प्रकाशित

नवलपरासी- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । सुस्ता बस्तीमा पानी पस्न सुरु भएलगतै विपद् उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

नारायणी नदीमा आएको बाढी सुस्ता पसेपछि सुस्ताका अधिकांश घर डुबानमा परेका सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालले बताउनुभएको छ । शुक्रबार दिउँसोदेखि लगातार परेको वर्षाले यहाँका १०० भन्दा बढी घर डुवानमा परेका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ २२० परिवार बसोबास गर्दै आएका छन् । सुस्ताका थारू टोलमा सबैभन्दा पहिला बाढी पसेको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बाढी पसेका घरका नागरिकलाई सुस्तामा रहेको आश्रयस्थलमा राखिएको बताउनुभयो । नारायणी नदीमा पानीको सतह निरन्तर बढिरहेकाले महिला, बालबालिका, वृद्धवृद्धा तथा शारीरिक रूपमा कमजोर रहेकालाई नारायणी नदीवारि सुस्ता-५ मा रहेको बिपी मावि बलिनगरमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

अहिलेसम्म बाढीबाट डुबानमा परेका २९ जनालाई सशस्त्र प्रहरी बलले उद्धार गरी सुरक्षित स्थानमा पठाएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गणका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीले जानकारी दिनुभयो । बाढी पसेपछि पक्कीबाहेक कच्ची घर (खरपात तथा माटोले बनेका) मा क्षति बढी भएको सुस्ताका स्थानीय मुन्सीकुमार हरिजनले बताउनुभयो । नारायणी नदीमा यो वर्षकै सबैभन्दा ठूलो पानी आएको मापन गरिएको छ । गण्डक ब्यारेज वाल्मीकिनगरका अनुसार नारायणी नदीमा अहिले दुई लाख ८० हजार क्युसेक पानी पुगेको छ ।

 

शनिबार, असोज १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : मंगल ग्रहमा तीव्र गतिमा बग्‍ने नदी !
राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति
खोलाले बगाएर महिलाको मृत्यु
पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एकको मृत्यु
खोलाले बगाउँदा एक जनाको मृत्यु

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : मंगल ग्रहमा तीव्र गतिमा बग्‍ने नदी !

  • ३.
    राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ४.
    खोलाले बगाएर महिलाको मृत्यु

  • ५.
    पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एकको मृत्यु

  • ६.
    खोलाले बगाउँदा एक जनाको मृत्यु

  • ७.
    लागुऔषधसहित पाँच जना पक्राउ

  • ८.
    वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.