• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, असोज ०६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

सुनचाँदीको मूल्य ओरालो

अतिक्रमणको चपेटामा सोती सिमसार

शेयर कारोबार पुनः सञ्चालन

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपिभी खोप

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

लोकप्रिय समाचार

  • १. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • २. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ३. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ४. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • ५. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • ६. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ८. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ९. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • १०. समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक : पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा


    Avatar photo
मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित

कास्की- मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक–पटक आएको बाढीका कारण अवरुद्ध भएको नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकमा पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित चर्चित पर्यटकीयस्थल घान्द्रुकलाई पोखरासँग जोड्ने यस सडक गत साउन २८ गतेदेखि अवरुद्ध भएको थियो । सडकको सोमबार साँझ प्रारम्भिक पुनर्निर्माण तथा मर्मत सम्पन्न भएसँगै आज बिहानदेखि पूर्ण रुपमा यातायात सञ्चालन भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनसुनका समयमा मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक–पटक आएको बाढीका कारण सडकको विभिन्न भागमा क्षति पुगेपछि अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ का बस्तीहरू सडक सञ्जालबाट पूर्णरूपमा विच्छेद भएका थिए ।

अन्नपूर्ण –८ स्थित बिरेठाँटी एबिसी र पुनहिल तथा घोडेपानीको प्रवेशद्वार हो । बिरेठाँटीमा मोदी खोलाको कटानले १०० मिटर पक्की सडक बगाएको थियो भने बिरेठाँटी बजार समेत जोखिममा परेकको थियो ।

“मोदीको बाढीले बिरेठाँटीलगायतका क्षेत्रमा सडक कटान गर्दा ग्रामीण पर्यटनको केन्द्रका रुपमा स्थापित घान्द्रुक सडक सम्पर्कबाट विच्छेद भएको थियो । यसबाट विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर(एबिसी) जाने पर्यटक समेत समस्यामा परेका थिए भने स्थानीय जनजीवनसमेत प्रभावित बनेको थियो । अहिले पर्यटकीय मौसम सुरु हुन लागेको अवस्थामा सडकसमेत खुलेको छ ।” अध्यक्ष केसीले भन्नुभयो ।

अवरुद्ध सडक पुनर्निर्माण तथा मर्मतका लागि गण्डकी प्रदेश सरकार, नेपाली सेना, जिल्ला विपद् व्यवस्थापन समिति, हाइड्रोपावर कम्पनी, सम्बन्धित निकाय तथा निर्माण व्यवसायी र प्राविधिक टोली परिचालन गरिएको थियो । बाढीले बगाएको स्थानमा ग्याविन जाली भर्ने, पहिरो तथा माटो हटाउने, सडक सम्याउने र यातायात सञ्चालन योग्य बनाइएको अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार सडक खुलेसँगै स्थानीयमा खुसी छाएको छ ।

“लामो समय सडक अवरुद्ध हुँदा घान्द्रुकको जनजीवन प्रभावित बनेको थियो । पर्यटकीय क्षेत्रहरु सुनसान बनेका थिए । अब घान्द्रुक तथा एबिसी आउने बाटो खुल्यो । स्थानीय बासिन्दा, पर्यटक, व्यवसायी तथा सर्वसाधारणलाई आवागमनमा सहज भयो ।” वडाध्यक्ष गुरुङले भन्नुभयो ।

गाउँपालिकाले वर्षायाम अझै बाँकी रहेकाले सडक खण्डका विभिन्न स्थानमा वर्षा तथा पहिरोका कारण पुनः अवरोध आउन सक्ने सम्भावना रहेकाले सवारी चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न र सडकको अवस्थाबारे आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु
प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो
आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार
सुनचाँदीको मूल्य ओरालो
अतिक्रमणको चपेटामा सोती सिमसार

भर्खरै

  • १.
    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • २.
    मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु

  • ३.
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

  • ४.
    आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

  • ५.
    सुनचाँदीको मूल्य ओरालो

  • ६.
    अतिक्रमणको चपेटामा सोती सिमसार

  • ७.
    शेयर कारोबार पुनः सञ्चालन

  • ८.
    बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपिभी खोप

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.