काठमाडौँ । अमेरिकाको टेक्ससस्थित एक विद्यालयमा एक जनाले अन्धाधुन्द गोली चलाउँदा शिक्षकसहित २१ जनाको मृत्यु भएको छ ।
Advertisement
टेक्सासको युभाल्ड सहरस्थित इलेमेन्टरी स्कुलमा एक १८ वर्षीय किशोरले गोली चलाएका थिए । गोली प्रहारबाट १८ बालबालिका र तीन जना अन्य व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।
गोली चलाउने १८ वर्षीय किशोर स्वयम घटनामा मारिएका छन् । स्कूलमा पुगेर गोली प्रहार गर्नुअघि ती बन्दुकधारी किशोरले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेको समाचामा उल्लेख गरिएको छ ।
राष्ट्रपति जो बाइडनले मृतकका सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।