• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै

किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

भोटेकोशी बाढीः मध्यविन्दुका दुई वडाका १२ जना बेपत्ता

सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

लोकप्रिय समाचार

  • १. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • ३. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ४. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ५. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ६. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ७. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

  • ८. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ९. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • १०. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै


    Avatar photo
आइतबार, भदौ १४, २०८३ मा प्रकाशित

मोहालेस होक- फ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष मिडवाइफ (प्रसूति स्याहारकर्ता) को सङ्ख्या बढ्दै गएको छ । यद्यपि, यस क्षेत्रमा पुरुष मिडवाइफ अझै पनि निकै कम रहेका छन् ।

Advertisement

दक्षिणी अफ्रिकी मुलुक लेसोथोका न्ट्लहाने सेहलोहो करिब ३०० पुरुष मिडवाइफमध्ये एक हुनुहुन्छ । उहाँले विगत दुई दशकदेखि ग्रामीण क्षेत्रमा गर्भवती महिलालाई प्रसूतिपूर्व तथा प्रसूतिसम्बन्धी सेवा दिँदै आउनुभएको छ ।

लेसोथोमा परम्परागत रूपमा मिडवाइफको काम महिलाको पेसाका रूपमा लिइन्थ्यो । तर ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव र उच्च मातृमृत्युदरका कारण सरकारले पुरुष नर्सलाई समेत मिडवाइफको तालिम दिन थालेको हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार लेसोथोमा प्रत्येक एक लाख जीवित जन्ममा करिब ५३० महिलाको मृत्यु हुने गरेको छ, जुन विश्वको औसत करिब २०० भन्दा निकै बढी हो । युनिसेफका अनुसार अहिले लेसोथोमा ९२ प्रतिशत प्रसूति सेवा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रदान हुँदै आएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वभरका मिडवाइफमध्ये पुरुषको हिस्सा एक प्रतिशतभन्दा कम छ । डब्लुएचओ र युनिसेफले प्रसूति सेवामा जनशक्तिको अभाव पूरा गर्न महिला र पुरुष दुवैलाई यस क्षेत्रमा आउन प्रोत्साहित गर्दै आएका छन् ।

लेसोथोको स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवाका कार्यवाहक निर्देशक डा ल्याङ मामाका अनुसार पुरुष मिडवाइफप्रति केही महिलामा अझै हिचकिचाहट भए पनि समुदायले विस्तारै स्वीकार गर्दै गएको छ । महिलाले असहज महसुस गरेमा महिला स्वास्थ्यकर्मीबाट सेवा लिन सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

सेहलोहोले पनि पुरुष मिडवाइफका लागि महिलाको विश्वास जित्नु महत्त्वपूर्ण रहेको बताउनुभयो । ग्रामीण परिवेशमा आफू पनि हुर्किएको र महिलाले भोग्ने कठिनाइ बुझेको बताउँदै उहाँले बिरामीलाई सहज महसुस गराउने प्रयास गर्दै आएको बताउनुभयो ।

युनाइटेड नेसन्स पपुलेसन फन्ड (यूएनएफपीए) की प्रतिनिधि ब्लान्डिना मोटाउङले पुरुष मिडवाइफप्रति मिश्रित प्रतिक्रिया भए पनि कतिपय महिलाले उनीहरूको सावधानीपूर्ण र संवेदनशील व्यवहारको प्रशंसा गर्ने गरेको बताउनुभो ।

लेसोथोका केही महिला भने महिला स्वास्थ्यकर्मीबाट सेवा लिन सहज मान्छन् भने केहीले पुरुष मिडवाइफबाट उपचार गराउन कुनै समस्या नरहेको बताएका छन् ।

 

आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै
किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु
भोटेकोशी बाढीः मध्यविन्दुका दुई वडाका १२ जना बेपत्ता
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

भर्खरै

  • १.
    भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

  • २.
    ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

  • ३.
    मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

  • ४.
    लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै

  • ५.
    किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः मध्यविन्दुका दुई वडाका १२ जना बेपत्ता

  • ७.
    सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

  • ८.
    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.