• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै

किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

भोटेकोशी बाढीः मध्यविन्दुका दुई वडाका १२ जना बेपत्ता

सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

लोकप्रिय समाचार

  • १. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • ३. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ४. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ५. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ६. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ७. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

  • ८. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ९. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • १०. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

भोटेकोशी बाढीः मध्यविन्दुका दुई वडाका १२ जना बेपत्ता


    Avatar photo
आइतबार, भदौ १४, २०८३ मा प्रकाशित

नवलपरासी- गत बुधबार भोटेकोशी नदीमा गएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाका दुई वटा वडाका १२ जना नागरिक बेपत्ता भएका छन् । मध्यविन्दु नगरपालिका वडा नम्बर १ र ५ मा घर भई रसुवागढीको टिमुरेमा निर्माणाधीन तेन्जिन शेर्पा हाइड्रोपावर विल्डिङ कन्स्ट्रक्सनमा कार्यरत १२ जना भदौ १० गतेदेखि बेपत्ता भएका नगरपालिकाले जनाएको छ ।

Advertisement

मध्यविन्दुका नगरप्रमुख भीमलाल अधिकारीका अनुसार बेपत्ता नगरवासीको खोजी कार्य भइरहेको भए पनि हालसम्म सम्पर्क हुन सकेको छैन । मध्यविन्दु–१ का तीन जना तथा मध्यविन्दु–५ का नौ जना नगरवासी हराइरहेका उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाका अन्य नागरिक हराइरहेका हुनसक्ने भन्दै पालिकाले नगरवासी आफन्तसँग जानकारी माग गरेको नगरप्रमुख अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार मध्यविन्दु–१ का हेमबहादुर चौधरी, हुसनबहादुर थारु र कालीराम महतो थारु टिमुरेबाट बेपत्ता हुनुभएको छ । मध्यविन्दु–५ का जीवन विक, गङ्गाराम मुखिया, विशाल मुखिया, सीताराम महतो, युद्ध महतो उमेश, एकदेव महतो विजय, नुमनारायण महतो, केवलप्रसाद महतो, तेजबहादुर थारु बेपत्ता हुनुभएको उहाँले बताउनुभयो ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै बेपत्ता नागरिकको तस्बिरसहितको जानकारी साझा गरिएको भन्दै अधिकारीले हराएका व्यक्ति कहीँकतै कसैको सम्पर्कमा आएमा वा फेला परेमा मध्यविन्दु नगरपालिकाको सचिवालयको नं. ९८४७०७५९३२, ९८५७०४५१९० मा सम्पर्क गर्नुहुन अनुरोध गर्नुभयो ।

यसै क्षेत्रका सङ्घीय सांसद मनिष खनालले भोटेकोशीमा आएको बाढीका कारण मध्यविन्दु–५, बाघखोर र मध्यविन्दु–१ बाट कामको सिलसिलामा रसुवा पुग्नुभएका हाम्रा १२ जना नागरिक हालसम्म घट्टेखोला क्षेत्रबाट हराइरहनुभएको भन्दै खोजी कार्य भइरहेको बताउनुभयो ।

उहाँले मध्यविन्दु नगरप्रमुख, उपप्रमुख, पूर्वप्रमुख तथा स्थानीय जनप्रतिनिधिहरूसँगै हराइरहनुभएका नागरिकका परिवारजनसँग प्रत्यक्ष भेटघाट गरी हराएका नागरिकको पछिल्लो पटक सम्पर्क भएको विषयमा कुराकानी गरेको बताउनुभयो ।

सांसद खनालले टिमुरेमाथि घट्टेखोला क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउनका लागि सम्बन्धित निकाय, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग पुनः विशेष पहल र समन्वय गरेको बताउनुभयो ।

आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै
लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै
किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

भर्खरै

  • १.
    भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

  • २.
    ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

  • ३.
    मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

  • ४.
    लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै

  • ५.
    किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः मध्यविन्दुका दुई वडाका १२ जना बेपत्ता

  • ७.
    सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

  • ८.
    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.