• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार

त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

भ्रष्टाचारको आरोपमा इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई पाँच वर्षको जेल सजाय

भोटेकोशी बाढीः अहिलेसम्म ६१६ वटा शव फेला

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार , ५५३ जनाको शव फेला

बड्का भलमन्साको विलाप !

लोकप्रिय समाचार

  • १. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • ३. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ४. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ५. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ६. राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

  • ७. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

  • ८. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • ९. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

  • १०. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार


    Avatar photo
शनिबार, भदौ १३, २०८३ मा प्रकाशित

चितवन- कुनै बेला मेला, महोत्सव तथा राजनीतिक दलका अधिवेशन र चुनावी मतगणनास्थलका रूपमा चहलपहल हुने भरतपुर महानगरपालिका-१० स्थित चितवन उद्योग सङ्घको परिसर अहिले भीडले भरिएको छ । यो भीड पहिलाकोभन्दा फरक र कारुणिक छ ।

Advertisement

मनभरि पीडा, थकानले गलेका खुट्टा र काँपेको शरीर बोकेर चर्को घाममा भोक र तिर्खाको पनि वास्ता नगरी टोलाइरहेका मानिसहरूको एउटै पुकार छ ‘हाम्रा मान्छेको सास भेटिए हुन्थ्यो, कि त लासै पत्ता लागे पनि हुन्थ्यो’ ।

झट्ट हेर्दा र सुन्दा कुनै खराब सपनाजस्तो लाग्ने यो दृश्य वास्तविकता हो । भरतपुर अस्पताल नजिकै चितवन उद्योग सङ्घको नजिकै रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई अहिले शव संरक्षणस्थलका रूपमा प्रयोग गरिएको छ । रसुवा तथा भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका नागरिकहरूको खोजी र पहिचानका लागि चितवन आइपुगेका आफन्तजनका लागि यो दर्दनाक र पीडादायी क्षण हो ।

नारायणी र त्रिशूली नदी किनारबाट सङ्कलन गरिएका २३३ शवमध्ये हालसम्म चार वटाको मात्रै पहिचान भएको छ । बाँकी २२९ शवलाई होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट सङ्कलन गरिएका शव तथा शवका अवशेषहरू सड्न थालेका छन् । जसका कारण कतिपय शव अब अनुहार र शारीरिक बनावटका आधारमा पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन् ।

उद्योग सङ्घको परिसरमा वीरगन्ज महानगरपालिका-२२ का अली मोहम्मद मिया आफ्ना २२ वर्षीय छोरा साबुदिन मन्सुरीको तस्बिर लिएर भरतपुरस्थित अस्पताल र शवगृहका ढोकाहरूमा भौँतारिइरहनुभएको छ । रोजगारीको सिलसिलामा रसुवाको एक ग्यारेजमा मेकानिकको काम गर्न गएका साबुदिन भोटेकोशी र आसपासका क्षेत्रमा आएको बाढीपछि ग्यारेज साहु र अन्य पाँच जना साथीहरूसँगै सम्पर्कविहीन भएका उहाँले बताउनुभयो ।

“बिहानैदेखि छोराको खोजीमा छु, कसैले खबर पाए प्रहरीचौकीमा भनिदिए हुन्थ्यो”, भक्कानिँदै अली मोहम्मदले भन्नुभयो, “बाढीमा परेकाहरूको केही अत्तोपत्तो छैन ।” उहाँले शवगृह र होल्डिङ सेन्टरका सबैतिर हेर्दा पनि छोराको कुनै जानकारी नपाएको बताउनुभयो । ‘केही जानकारी आए खबर गरिदिनु ल…’ भन्दाभन्दै उहाँको बोली रोकियो र आँसु खसाल्दै भन्नुभयो, “मेरो छोरा यी शवहरूमा छैन, कतै भेटिए खबर गरिदिनुहोला ।”

यो सास्ती र पीडा अली मोहम्मदको मात्र होइन । भोटेकोशी बाढीका कारण देशका विभिन्न स्थानबाट काम तथा भ्रमणका क्रममा पुगेर सम्पर्कविहीन भएका नागरिकका आफन्तहरू यतिबेला चितवनको भरतपुरमा शव पहिचानका लागि भौतारिइरहेका छन् ।

धादिङको धुनिबेँसी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यका आफ्ना सम्पर्कविहीन नागरिक खोज्न यहाँ आउनुभएको छ । उहाँका अनुसार धुनिबेँसीका ११ जना डब्बा गाडीका चालक तथा मजदुरहरू रसुवा क्षेत्रबाट सम्पर्कविहीन भएका छन् । नगरप्रमुख आचार्यले भन्नुभयो, “सडक अवरुद्ध भएकाले घटनास्थल पुग्न सकिने अवस्था छैन । भरतपुर ल्याइएका शवहरू पनि क्षतविक्षत भएकाले तस्बिर हेरेर चिन्न कठिन भइरहेको छ ।”

तराईका जिल्लाहरूबाट मजदुरी गर्न गएका युवाहरूको अवस्था पनि उस्तै कारुणिक छ । सप्तरीको खडक नगरपालिकाका भोला पासवान र डाक्नेश्वरी नगरपालिकाका अक्षकुमार पासवान आफ्ना छोराहरू क्रमशः अखिलेश र निसितको खोजीमा यतिबेला भरतपुरमा भौतारिइरहनुभएको छ ।

काम गर्न रसुवा पुगेका उहाँहरूका छोराको हालसम्म कुनै खबर छैन । शोकमा परेका यी दुई बुबालाई आफ्ना छोराहरू जीवितै भेटिएलान् भन्ने झिनो आशा त छ, तर मनलाई सम्हाल्न नसकेर शव भए पनि फेला पर्छ कि भनेर यहाँसम्म आउनुभएको हो । भोलाले पीडा पोख्दै भन्नुभयो, “सप्तरीबाट चितवनसम्म आइपुगेँ, तर केही अत्तोपत्तो छैन । कहाँ जाऊँ, के गरूँ ? भित्र छिर्छु, बाहिर राखेको तस्बिर हेर्छु, तर छोराको केही पत्तो पाउन सकेको छैन । अक्षयको पनि उस्तै हाल छ ।”

सप्तरीकै खडक नगरपालिकाबाट त्यहाँ पुग्नुभएका एक जनाका आफ्नाले भतिज हराएपछि चितवनको शव पहिचान केन्द्रसम्म आइपुगेको बताउनुभयो । भतिजसँग भदौ १० गते बिहान ९ः०० बजेतिर टेलिफोनमा कुराकानी भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “फोनमा बोल्दाबोल्दै अचानक सम्पर्क विच्छेद भयो, त्यसपछि हालसम्म कुनै खबर पाउन सकिएको छैन ।”

त्यसैगरी, बाँकेका करिङ्गा ठाकुर पनि आफ्ना भाइ र भतिजको खोजीमा शव पहिचान केन्द्रअगाडि टोलाइरहनुभएको छ । भाइ र भतिज कामको सिलसिलामा रसुवा पुगेका र बाढीपछि सम्पर्कविहीन भएका थाहा पाएपछि उहाँ चितवन आइपुग्नुभएको हो । उहाँले पीडा पोख्दै भन्नुभयो, “भाइ र भतिज हराएको खबर पाएपछि आज बिहान मात्र यहाँ आइपुगेको हुँ । यहाँ ल्याइएका शवका तस्बिरहरू हेरेँ, तर क्षतविक्षत भएकाले चिन्नै गाह्रो भयो ।”

खोजीका क्रममा नुवाकोट ककनीका सन्तोष बलामी र टेकबहादुर बलामी पनि शव पहिचान केन्द्रमा भौतारिइरहनुभएको छ । सन्तोषले भन्नुभयो, “तीन दिनदेखि खोजी गर्दै यहाँसम्म आइपुगेका छौँ । आफन्तहरू कोही कता, कोही कता पुगेर खोजिरहेका छौँ ।” आफन्तको खोजीमा यहाँ आइपुग्नुभएका उहाँहरू बाहिर राखिएका तस्बिर र भित्रका शवहरूसँग हुलिया मिल्छ कि भनेर नियालिरहनुभएको छ । तर, क्षतविक्षत बनेका कारुणिक शवहरू हेर्न र तस्बिरबाट पहिचान गर्न उहाँहरूलाई अत्यन्तै मुस्किल परेको छ । फोटो हेर्दा केही हुलिया मिलेजस्तो लागेरभित्र छिर्नुभएका उहाँहरू शवमा आफन्तको हुलिया र शरीरमा भएको ट्याटु खोज्दै टोलाउन बाध्य हुनुहुन्छ ।

यसैगरी, लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ३१ वर्षीय सिभिल इन्जिनियर अभिषेक आचार्यका काका गणेशप्रसाद बरालले सुरुङ (टनेल) भित्रै मजदुरहरू थुनिएको हुन सक्ने आशङ्का व्यक्त गर्नुभयो । पोखराबाट यहाँ आउनुभएका बरालले मौसम प्रतिकूल भए पनि उद्धार कार्यलाई तीव्र बनाउन र जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रणाली चुस्त राख्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “भदौ १० गते बिहान ८ः०० बजेसम्म बाबु परिवारको सम्पर्कमा थियो । ‘म खाजा खाएर कामतिर जान लागेँ’ भनेर भनेको थियो । तर त्यसपछि हालसम्म कुनै सम्पर्क हुन सकेको छैन ।”

उहाँसँगै पोखराबाट आउनुभएका दामोदर पौडेलले पनि इन्जिनियर आचार्य सम्पर्कमा नआएको बताउँदै जोखिमयुक्त सुरुङहरूमा काम गर्ने मजदुर तथा कर्मचारीहरूलाई पूर्वसूचना दिने प्रणाली र सुरक्षा तालिमको उचित व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली नागरिक मात्र नभई चीनतर्फको मानसरोवर यात्राका लागि टिमुरे पुगेका भारतीय नागरिक रुबिका डेभिड र प्रेरणा कालेसमेत भदौ १० गते बिहानदेखि सम्पर्कविहीन रहेका उहाँहरूका नेपाली साथी प्रभात ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म मेरा साथीहरूका परिवारको खोजीका लागि यहाँ आएको हुँ । उहाँहरू मुम्बईबाट मानसरोवर यात्राका लागि नेपाल हुँदै आउनुभएको थियो । भदौ १० गते बिहान ७ः३० बजे चिनियाँ इमिग्रेसनका लागि हिँड्यौँ भनेर खबर आएपछि उहाँहरूसँग कुनै सम्पर्क भएको छैन । खबर पाएपछि म यहाँ आएर शवगृह र अस्पतालहरूमा हेर्दै, बुझ्दै छु ।”

नुवाकोटबाट बुहारी नाता पर्ने हराएपछि चितवनकी सोविता तिमिल्सिना पनि शव पहिचान केन्द्रमा भौतारिइरहनुभएको छ । उहाँले भन्नुभयो, “त्रिशूली नदीनजिकै खेत गोड्ने क्रममा बाढी आएर बुहारी हराएपछि हामीले खोज्न थालेका हौँ । अहिलेसम्म कुनै सम्पर्क छैन । अब यहाँ राखिएका शव र तस्बिरहरू हेरेर केही पत्तो लाग्छ कि भन्ने आशाले आएका हौँ ।”

नदी किनारमा शवहरू फेला पर्ने क्रम जारी रहे पनि अधिकांश शवको अनुहार र शारीरिक बनावट बिग्रिएकाले पहिचानमा गम्भीर समस्या थपिएको छ । उद्धार र खोजीका लागि स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको छ भने विभिन्न सामाजिक सङ्घसंस्थाहरूले पनि यस कार्यमा सहयोग गरिरहेका छन् ।

बाढीमा परेकाहरूको शव धेरै दिनसम्म रहँदा पहिचानको समस्या झन जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । बाढी र पहिरोले पुर्‍याएको क्षतिसँगै आफ्ना प्रियजन गुमाएका र बेपत्ता भएका परिवारको यो आँसु र पर्खाइले भरतपुरको वातावरणलाई पूर्ण रूपमा स्तब्ध बनाएको छ ।

शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु
त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता
भ्रष्टाचारको आरोपमा इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई पाँच वर्षको जेल सजाय
भोटेकोशी बाढीः अहिलेसम्म ६१६ वटा शव फेला
पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु
मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

भर्खरै

  • १.
    त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

  • २.
    भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार

  • ३.
    त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

  • ४.
    भ्रष्टाचारको आरोपमा इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई पाँच वर्षको जेल सजाय

  • ५.
    भोटेकोशी बाढीः अहिलेसम्म ६१६ वटा शव फेला

  • ६.
    पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

  • ७.
    मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

  • ८.
    भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार , ५५३ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.