• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बड्का भलमन्साको विलाप !

त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार

त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

भ्रष्टाचारको आरोपमा इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई पाँच वर्षको जेल सजाय

भोटेकोशी बाढीः अहिलेसम्म ६१६ वटा शव फेला

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार , ५५३ जनाको शव फेला

लोकप्रिय समाचार

  • १. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • ३. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ४. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ५. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ६. राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

  • ७. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

  • ८. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • ९. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

  • १०. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

कैलाश तीर्थयात्रामा बाढीको असर


    Avatar photo
शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित

बेइजिङ- नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश पर्वतको तीर्थयात्रामा गएका भक्तजनसमेत रहेको बताइएको छ । नेपाल र तिब्बतमा बाढी तथा पहिरोबाट सयौँ व्यक्ति बेपत्ता भएपछि कैलाश क्षेत्रको तीर्थयात्रा प्रभावित भएको हो ।

Advertisement

दक्षिणपश्चिमी तिब्बतमा चीन–नेपाल र भारतको सीमाना नजिकै रहेको कैलाश पर्वत समुद्र सतहबाट छ हजार ४०० मिटरभन्दा बढी उचाइमा छ । मानसरोवर ताल नजिक रहेको यो पर्वत हिन्दू, बौद्ध, जैन तथा तिब्बती बोन परम्पराका अनुयायीका लागि पवित्र मानिन्छ । हिन्दू धर्ममा कैलाशलाई भगवान् शिव र देवी पार्वतीको निवास तथा बोन परम्परामा आध्यात्मिक शक्तिको केन्द्र मान्ने धार्मिक विश्वास छ ।

तीर्थयात्रीहरू सामान्यतः कैलाश पर्वत आरोहण नगरी करिब ५३ किलोमिटर परिक्रमा गर्ने गर्छन् । यो यात्रा पूरा गर्न करिब तीन दिन लाग्न सक्छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीले घडीको दिशामा र बोन अनुयायीले विपरीत दिशामा पर्वतको परिक्रमा गर्ने परम्परा छ । मानसरोवरमा केही हिन्दू तीर्थयात्रीले धार्मिक शुद्धिका लागि स्नान गर्ने तथा मार्गमा रहेका मठ र पवित्र स्थलमा पूजा–प्रार्थना गर्ने गर्छन् ।

भारत सरकारले हरेक वर्ष जुनदेखि अगस्ट वा सेप्टेम्बरसम्म उत्तराखण्ड र सिक्किम हुँदै कैलाश मानसरोवर तीर्थयात्रा सञ्चालन गर्छ । निजी सञ्चालकले नेपाल हुँदै पनि तीर्थयात्रा आयोजना गर्ने गरेका छन् ।

यसपटकको विपद्मा भारतका कम्तीमा १७८ जना बेपत्ता रहेको र तीमध्ये अधिकांश कैलाश तीर्थयात्रामा गएको विश्वास गरिएको छ । अमेरिका, अस्ट्रेलिया, बेलायत र क्यानाडाका नागरिकसमेत बेपत्ता भएको बताइएको छ ।

भारतीय आध्यात्मिक गुरु जग्गी वासुदेव (सद्गुरु) ले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो ईशा फाउन्डेसनले आयोजना गरेको समूहका ७७ जना तीर्थयात्री बाढी आउँदा तिब्बतको ग्यिरोङस्थित अध्यागमन केन्द्रमा रहेको बताउनुभएको छ । उहाँका अनुसार ती तीर्थयात्री कैलाश क्षेत्रबाट फर्किरहेका थिए ।

 

शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बड्का भलमन्साको विलाप !
त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु
भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार
त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता
भ्रष्टाचारको आरोपमा इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई पाँच वर्षको जेल सजाय
भोटेकोशी बाढीः अहिलेसम्म ६१६ वटा शव फेला

भर्खरै

  • १.
    बड्का भलमन्साको विलाप !

  • २.
    त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

  • ३.
    भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार

  • ४.
    त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

  • ५.
    भ्रष्टाचारको आरोपमा इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई पाँच वर्षको जेल सजाय

  • ६.
    भोटेकोशी बाढीः अहिलेसम्म ६१६ वटा शव फेला

  • ७.
    पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

  • ८.
    मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.