• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चार सय ६९ जनाको शव फेला, १५४५ को उद्धार

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : हाइस्पिड रेलको गति अझै बढाउने नयाँ प्रविधि

राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

भोटेकोशी बाढीः वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

लोकप्रिय समाचार

  • १. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २. झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

  • ३. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ४. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ५. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ६. राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

  • ७. कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

  • ८. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

  • ९. राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

  • १०. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला


    Avatar photo
शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित

चितवन-  रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव भेटिएको छ । ती नदीमा चितवनतर्फ भेटिएका शवलाई भरतपुर अस्पतालमा सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका शवमध्ये ७४ पुरुष, ४१ महिला, छ बालक र दुई बालिकाको छ ।

त्यस्तै, ५५ जनाको शरीरका अङ्गहरु भेटिएका छन् । तीमध्ये २२ वटा पहिचान केन्द्रमा लगिएको छ भने बाँकी भरतपुर अस्पतालमा सफा गरेर राखिएको छ । केही शवको नदीमा मुचुल्काको काम भइरहेको उहाँले जानकारी दिनुभयो । तस्बिर खिचिएका शवको पहिचानका लागि ‘डिस्प्ले’ सुरु गरिएको छ । आफन्तहरुले सो ‘डिस्प्ले’मा हेरेर पहिचान गर्ने उपरीक्षक पौडेलले जानकारी दिनुभयो । ती शवको तस्बिर नेपाल प्रहरीको पोर्टलमा पनि राखिने उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका–१० स्थित भरतपुर अस्पताल नजिकै चितवन उद्योग सङ्घको आडमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण तथा पहिचान केन्द्रका रूपमा प्रयोग गरिएको छ । अस्पतालमा शव राख्न पर्याप्त स्थान नभएपछि उक्त भवनलाई शव संरक्षण तथा पहिचान कक्षका रूपमा प्रयोग गरिएको छ ।

पहिचानका आधारमा शव बुझ्न आउने व्यक्तिको आधिकारिकता परिचयपत्रलगायत आवश्यक कागजातबाट यकीन गरिने उहाँले जानकारी दिनुभयो । पहिचान भएपछि पुनः भरतपुर अस्पताल ल्याएर शव परीक्षण गरिनेछ ।

चितवनतर्फका त्रिशूली र नारायणी किनारमा आज पनि बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले शवको खोजी गरिरहेका छन् ।

स्थानीय र बेपत्ताका परिवारले नदी किनारमा शव भेटेपछि सुरक्षा निकायलाई खबर आउनेक्रम पनि चलिरहेको उहाँले जानकारी दिनुभयो ।

शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन
चार सय ६९ जनाको शव फेला, १५४५ को उद्धार
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : हाइस्पिड रेलको गति अझै बढाउने नयाँ प्रविधि

भर्खरै

  • १.
    रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन

  • २.
    चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

  • ३.
    चार सय ६९ जनाको शव फेला, १५४५ को उद्धार

  • ४.
    यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

  • ५.
    गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

  • ६.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ७.
    विश्‍व घटना : हाइस्पिड रेलको गति अझै बढाउने नयाँ प्रविधि

  • ८.
    राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.