• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन २२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भारतबाट चार नेपाली बालबालिकाको उद्धार, परिवारसँग पुनर्मिलन

असममा बाढी, ९७ जनाको मृत्यु

साइनाइडले हात्ती मारेको दाबीमा विवाद

कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ५. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

भारतबाट चार नेपाली बालबालिकाको उद्धार, परिवारसँग पुनर्मिलन


    Avatar photo
शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित

काँकरभिट्टा- भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँग पुनर्मिलन गराइएको छ।

Advertisement

भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालबीचको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूको स्वदेश फिर्ती प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो।

पुनर्मिलन गराइएका बालबालिकामा १५ वर्षीया अनुषा परियार तथा १७ वर्षीय कृष्ण ऋषिदेव, राम ऋषिदेव र श्याम ऋषिदेव रहेका छन्। कृष्ण, राम र श्याम एकै परिवारका तीन दाजुभाइ हुन्। उनीहरू एउटै परिवारका दाजुभाइका छोराहरु हुन । बालबालिकाको गोपनीयता र सुरक्षालाई ध्यानमा राखी समाचारमा प्रयोग गरिएका नाम परिवर्तन गरिएको छ।

सुनसरीको धरान क्षेत्रकी अनुषा करिब तीन वर्षको उमेरमा पारिवारिक परिस्थितिका कारण उनका काका जोन मार्फत सिलिगुडीस्थित भावना सोसाइटी अनाथालय गृहमा पुगेकी थिइन्। त्यहाँ रहेर उनले आफ्नो अध्ययनलाई निरन्तरता दिँदै हाल कक्षा १० मा अध्ययन गरिरहेकी िथइन।

करिब दुई महिनाअघि संरक्षण गृहको दर्ता तथा व्यवस्थापनसम्बन्धी प्रक्रियाका कारण उनलाई सिलिगुडीबाट दार्जिलिङस्थित शैशाली माटीगढा चिल्ड्रेन्स होम फर गर्ल्समा स्थानान्तरण गरिएको थियो। सोही संरक्षण गृहबाट आवश्यक प्रक्रिया पूरा गरी उनलाई नेपाल फर्काइएको हो।

त्यसैगरी मोरङको रंगेली क्षेत्रका कृष्ण, राम र श्याम भारतमा रोजगारी गरी पैसा कमाउने तथा घर बनाउने सोचमा गाउँका अन्य युवाहरूको कुरामा लागेर भारततर्फ गएका थिए।
तीनै जना दाजुभाइ किशनगञ्जबाट रेलमार्फत चेन्नईतर्फ जाँदै गर्दा खड्गपुर रेलवे स्टेसनमा भारतीय प्रहरीले फेला पारेको थियो। त्यसपछि उनीहरूलाई पश्चिम मेदिनीपुरस्थित चोक कुमार एसोसिएसन फर सोसल सर्भिसको संरक्षण गृहमा पठाइएको थियो।

करिब दुई महिना संरक्षण गृहमा बसेपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी तीनै जना दाजुभाइलाई नेपाल फर्काइएको हो।

बालबालिकाको पुनर्मिलन प्रक्रियामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका महिला तथा बालबालिका शाखाकी प्रहरी नायब निरीक्षक मिलनकुमारी राई, कोलकातास्थित नेपालको महावाणिज्यदूतावासका कार्यालय सचिव सतीश थापा, नव अभियान नेपालका प्रतिनिधिहरू तथा बालबालिकाका अभिभावकहरूको उपस्थिति थियो।

सम्बन्धित निकायबीचको समन्वयमा आवश्यक सबै कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी बालबालिकाहरूलाई सुरक्षित रूपमा अभिभावक तथा परिवारको जिम्मा लगाइएको नव अभियान नेपालका क्षेत्रीय संयोजक इन्द्रबहादुर बस्नेतले जानकारी दिए।

संयोजक बस्नेतका अनुसार जोखिमपूर्ण अवस्थामा रहेका नेपाली बालबालिकाको संरक्षण, उद्धार, कानुनी सहायता तथा परिवारसँग सुरक्षित पुनर्मिलनलाई संस्थाले प्राथमिकताका साथ अघि बढाउँदै आएको छ।

शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

असममा बाढी, ९७ जनाको मृत्यु
साइनाइडले हात्ती मारेको दाबीमा विवाद
कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ
केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

भर्खरै

  • १.
    भारतबाट चार नेपाली बालबालिकाको उद्धार, परिवारसँग पुनर्मिलन

  • २.
    असममा बाढी, ९७ जनाको मृत्यु

  • ३.
    साइनाइडले हात्ती मारेको दाबीमा विवाद

  • ४.
    कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ

  • ५.
    केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

  • ६.
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • ७.
    थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

  • ८.
    स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.