• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन २२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भारतबाट चार नेपाली बालबालिकाको उद्धार, परिवारसँग पुनर्मिलन

असममा बाढी, ९७ जनाको मृत्यु

साइनाइडले हात्ती मारेको दाबीमा विवाद

कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ५. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

असममा बाढी, ९७ जनाको मृत्यु


    Avatar photo
शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित

नयाँदिल्ली- भारतको उत्तरपूर्वी असम राज्यमा आएको भीषण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीमा कम्तीमा ९७ जनाको मृत्यु भएको र करिब एक लाख ७० हजार मानिस प्रभावित भएको सरकारी तथ्याङ्कले देखाएको छ । वर्षौंयताकै गम्भीर मानिएको बाढीले गाउँहरू डुबाउनुका साथै ठूलो क्षेत्रको खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ ।

Advertisement

बाढीका कारण हजारौँ मानिस घर छाडेर अस्थायी आश्रयस्थलमा जान बाध्य भएका छन् । सरकारी विवरणअनुसार बाढीको पानीले १४ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको बाली डुबाएको छ । यो क्षेत्रफल फ्रान्सको राजधानी पेरिसको क्षेत्रफलभन्दा करिब डेढ गुणा ठूलो हो ।

सबैभन्दा बढी प्रभावित शिवसागर जिल्लामा घरहरू आधा डुबेका, ठूला रुख उखेलिएका तथा सवारीसाधन माटो र बाढीको पानीमा पुरिएका दृश्य देखिएको एएफपीका पत्रकारले बताएका छन् । कतिपय बस्तीमा बाढीको पानीले आवागमनसमेत अवरुद्ध पारेको छ ।

असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले बाढीको पानीबाट आफ्नो पाल्तु कुकुरलाई बचाउने प्रयास गर्दा ज्यान गुमाएका १३ वर्षीय बालकका परिवारलाई समवेदना व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा कुनै पनि अभिभावकले आफ्ना सन्तानलाई बिदाइ गर्नुपर्ने अवस्था आउन नहुने बताउनुभयो ।

भारतका स्वास्थ्यमन्त्री जेपी नड्डाले बिहीबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै विपत्तिको क्षति निकै ठूलो रहेको र सामान्य अवस्था फर्किन समय लाग्ने बताउनुभयो । उहाँले बाढीका कारण गाउँका गाउँ डुबानमा परेको उल्लेख गर्नुभयो ।

भारतको उत्तरपूर्वी क्षेत्रमा जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनका समयमा बाढी आउनु सामान्य मानिन्छ । असममा भारतको प्रमुख नदी ब्रह्मपुत्र र यसका सहायक नदीमा पानीको सतह बढ्दा प्रत्येक वर्ष बाढीको समस्या दोहोरिने गरेको छ ।

तर विज्ञहरूका अनुसार पछिल्ला वर्षमा बाढीको आवृत्ति र प्रभाव बढ्नुमा जलवायु परिवर्तनसँगै अव्यवस्थित तथा कमजोर पूर्वाधार विकास पनि जिम्मेवार छन् । नदीको प्राकृतिक बहावमा हुने परिवर्तन, वन विनाश तथा बस्ती विस्तारले जोखिम थप बढाएको उनीहरूको भनाइ छ ।

स्थानीय बासिन्दा र अधिकारीहरूले छिमेकी राज्य नागाल्यान्डमा भइरहेको अवैध कोइला खानीका कारण पनि बाढीको अवस्था थप गम्भीर बनेको आरोप लगाएका छन् । उनीहरूका अनुसार यसले यसअघि बाढीको जोखिम तुलनात्मक रूपमा कम रहेका क्षेत्रसमेत प्रभावित भएका छन् । मुख्यमन्त्री शर्माले यस विषयलाई भारतको केन्द्र सरकारसमक्ष उठाउने बताउनुभएको छ ।

जलवायु तथा वातावरणसम्बन्धी वकालत गर्ने संस्था क्लाइमेट ट्रेन्ड्सले असममा बाढीको बढ्दो गम्भीरता विश्वव्यापी तापक्रम वृद्धि, नदीको बदलिँदो प्रकृति र बढ्दो मानवीय जोखिमबीचको अन्तरसम्बन्धबाट उत्पन्न भएको जनाएको छ । संस्थाका अनुसार यी कारणले बाढीलाई अझ बारम्बार, जटिल र आर्थिक रूपमा महँगो विपत्तिमा परिणत गरिरहेका छन् ।

असममा राहत तथा उद्धार कार्य जारी रहे पनि ठूलो सङ्ख्यामा मानिस विस्थापित भएकाले प्रभावित समुदायको पुनःस्थापना र कृषि क्षेत्रमा भएको क्षति व्यवस्थापन प्रमुख चुनौती बनेको छ ।

शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भारतबाट चार नेपाली बालबालिकाको उद्धार, परिवारसँग पुनर्मिलन
साइनाइडले हात्ती मारेको दाबीमा विवाद
कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ
केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

भर्खरै

  • १.
    भारतबाट चार नेपाली बालबालिकाको उद्धार, परिवारसँग पुनर्मिलन

  • २.
    असममा बाढी, ९७ जनाको मृत्यु

  • ३.
    साइनाइडले हात्ती मारेको दाबीमा विवाद

  • ४.
    कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ

  • ५.
    केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

  • ६.
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • ७.
    थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

  • ८.
    स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.