• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन २२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

असममा बाढी, ९७ जनाको मृत्यु

साइनाइडले हात्ती मारेको दाबीमा विवाद

कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

साइनाइडले हात्ती मारेको दाबीमा विवाद


    Avatar photo
शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित

केन्या-  केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्ज आसपास एक महिनाको अवधिमा १५ वटा हात्ती मरेपछि प्रारम्भिक परीक्षणमा साइनाइड विषाक्तता देखिए पनि त्यसको स्रोत र मृत्युको वास्तविक कारणबारे विवाद उत्पन्न भएको छ । वन्यजन्तु अधिकारीहरूले हात्तीले खेतमा उब्जाइएको टमाटर खाएको र तिनको पेटमा साइनाइड भेटिएको जनाएका छन् भने किसानहरूले आफ्ना बालीमा प्रयोग हुने रसायनबाटै हात्ती मरेको दाबीमा प्रश्न उठाएका छन् ।

Advertisement

अम्बोसेली राष्ट्रिय निकुञ्ज नजिकैको धुलाम्मे सडकमा एउटा हात्तीको शव अझै देखिन्छ भने अर्को हात्तीको शव सफा गर्ने जनावरले खाइसकेपछि खप्पर मात्र बाँकी रहेको छ । यी हात्तीहरू नजिकैका खेतमा टमाटर खाएपछि साइनाइड विषाक्तताको आशङ्कामा मरेका १५ मध्येका हुन् ।

हात्तीको मृत्युमा साइनाइड कसरी संलग्न भयो र उक्त रसायन कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको छ । घटनाले वन्यजन्तु र मानिसबीच बढ्दो द्वन्द्वको जोखिमलाई समेत उजागर गरेको छ । अम्बोसेली क्षेत्रमा खेती विस्तार भइरहेका बेला हात्ती र किसानबीचको लामो समयदेखिको सहअस्तित्वमाथि पनि प्रश्न उठेको छ ।

केन्याले विगतमा चोरी–सिकारी नियन्त्रण तथा संरक्षणका प्रभावकारी प्रयासमार्फत हात्तीको सङ्ख्या ऐतिहासिक न्यून अवस्थाबाट बढाएर ३६ हजारभन्दा बढी पुर्‍याएको छ । तर कृषि क्षेत्र विस्तार र मानव बस्ती वन्यजन्तुको बासस्थानतर्फ फैलिँदै जाँदा संरक्षणका चुनौती फेरि बढिरहेका छन् ।

किमाना क्षेत्रमा दुई दशकदेखि खेती गर्दै आउनुभएका किसान एल्भिस मुचाईले किसानहरूले वन्यजन्तुलाई विष दिएको घटना आफूले कहिल्यै नसुनेको बताउनुभयो । उहाँले गत महिना १५ हात्ती साइनाइड विषाक्तताका कारण मरेको समाचारप्रति आफूलाई शङ्का लागेको बताउनुभयो ।

उहाँका अनुसार सुक्खा मौसममा हात्तीहरूले निकुञ्जको विद्युतीय बार पार गरेर खेतमा प्रवेश गर्ने र बालीमा क्षति पुर्‍याउने गरेका छन् । त्यसका बाबजुद स्थानीय समुदाय लामो समयदेखि हात्तीहरूसँग सहअस्तित्वमा रहँदै आएको उहाँको भनाइ छ । “हामी हाम्रा खेतबाट खाने जनावरहरूसँग अभ्यस्त भइसकेका छौँ”, उहाँले भन्नुभयो ।

– एक महिनामा १५ हात्तीको मृत्यु –

केन्या वन्यजन्तु सेवाले गत महिना अम्बोसेली पारिस्थितिक प्रणालीमा एक महिनाभित्र १५ हात्ती मरेको जानकारी दिएको थियो । प्रारम्भिक प्रयोगशाला परीक्षणमा साइनाइड भेटिएको थियो भने पोस्टमार्टम परीक्षणका क्रममा हात्तीको पेटमा टमाटरसमेत फेला परेको थियो ।

केन्या वन्यजन्तु सेवाका पशु चिकित्सा प्रमुख डा. आइज्याक लेकोलुलका अनुसार मर्नुअघि हात्तीहरूमा पक्षाघात र सास फेर्न कठिनाइ देखिएको थियो । प्रारम्भिक परीक्षणले साइनाइड विषाक्तताको सम्भावना देखाए पनि शरीरमा साइनाइडको मात्रा कति थियो भन्ने यकिन गर्न थप परीक्षण भइरहेको उहाँले बताउनुभयो ।

“साइनाइड कहाँबाट आयो भन्ने कुरा हामीले अझै पत्ता लगाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो । हात्तीहरूले तरबुजासमेत खाएको जानकारी दिँदै उहाँले खेतमा प्रयोग हुने विषादी र अन्य रसायनको भण्डारण तथा प्रयोगमा विशेष सावधानी अपनाउन किसानलाई आग्रह गर्नुभयो ।

किमाना अम्बोसेली निकुञ्जसँग जोडिएको केन्याको प्रमुख कृषि क्षेत्रमध्ये एक हो । यहाँ टमाटर, प्याज र फ्रान्सेली सिमी उत्पादन गरी राजधानी नैरोबीसहित विभिन्न बजारमा पठाइन्छ ।

डा. लेकोलुलका अनुसार विषाक्त रसायन परीक्षणका लागि हात्तीको पेटभित्रको सामग्रीबाट नमूना लिइएको छ भने रगतका नमूनाको परीक्षण जारी छ । खानीमा प्रयोग हुने र सरकारबाट नियमन गरिने साइनाइड अवैध खानी गतिविधिका कारण निकुञ्ज क्षेत्रमा पुगेको हुनसक्ने यसअघिका दाबीबारे भने उहाँले स्पष्ट प्रमाण नभएको बताउनुभएको छ ।

केन्याको राष्ट्रिय हात्ती संरक्षण योजनाले निकुञ्ज आसपास खेती विस्तार भइरहेका कारण मानिस र हात्तीबीचको द्वन्द्व बढेको जनाएको छ । चोरी–सिकारपछि मानव–वन्यजन्तु द्वन्द्व हात्तीको मृत्युको दोस्रो प्रमुख कारण बनेको योजनामा उल्लेख छ । सन् २००० देखि २०२० सम्म मानिसले आफ्नो बाली, सम्पत्ति र जीवन जोगाउने क्रममा आत्मरक्षा वा प्रतिशोधस्वरूप गरिएका घटनामा कम्तीमा एक हजार १६० हात्ती मरेको उल्लेख गरिएको छ ।

तर केन्या वन्यजन्तु सेवाका सञ्चार निर्देशक डङ्कन जुमा भने पछिल्लो हात्ती मृत्युमा मानव–वन्यजन्तु द्वन्द्वलाई प्रत्यक्ष कारण मान्न असहमत हुनुहुन्छ । “समुदायले यी जनावरलाई माया गर्छ”, उहाँले भन्नुभयो ।

– सहअस्तित्वको चुनौती –

पशु कल्याणका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडब्लु) ले सन्दिग्ध साइनाइड विषाक्तताको घटनाले मानिस र वन्यजन्तुबीचको द्वन्द्वका मूल कारण सम्बोधन गर्न तत्काल आवश्यक रहेको देखाएको जनाएको छ ।

आइएफएडब्लुले मानिस र हात्तीले बढ्दो रूपमा एउटै भूभाग प्रयोग गर्नुपरेको अवस्थामा वन्यजन्तु संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जनको सुरक्षा पनि सुनिश्चित गर्नुपर्ने बताएको छ ।

आइएफएडब्लुका पूर्वी अफ्रिका निर्देशक बेन वान्डागोले साइनाइड विषाक्तताको घटनाको तत्काल र विस्तृत अनुसन्धान गर्न तथा निकुञ्ज आसपास बसोबास गर्ने समुदायका लागि मानिस र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्ने उपाय लागू गर्न आग्रह गर्नुभयो ।

उहाँले अत्यन्त विषालु पदार्थ प्राकृतिक वातावरणमा पुग्न नदिन त्यस्ता रसायनको कडा नियन्त्रण र जिम्मेवार व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।

तर किसानहरूले साइनाइड सामान्य कृषि रसायनबाट आएको हुनसक्नेमा समेत शङ्का व्यक्त गरेका छन् । मुचाईले आफूले क्षेत्रका किसानलाई बिक्री गरिने विषादी वा अन्य कृषि रसायनमा साइनाइडबारे कहिल्यै नसुनेको बताउनुभयो । उहाँका अनुसार बजारमा बिक्री हुने कृषि रसायन केन्या सरकारबाट नियमन हुने भएकाले त्यसबाट हात्तीको मृत्यु भएको दाबी पुष्टि हुन बाँकी छ ।

“उनीहरूले जुन रसायनको कुरा गरिरहेका छन्, हामीले यहाँ त्यस्तो रसायन कहिल्यै देखेका वा सुनेका छैनौँ”, उहाँले भन्नुभयो ।

गत सिजन मात्रै हात्तीले आफ्नो करिब आधा एकड टमाटर खेती नष्ट गरेको मुचाईले बताउनुभयो । त्यसबाट उहाँलाई करिब पाँच लाख केन्याली सिलिङ अर्थात् तीन हजार आठ सय अमेरिकी डलर बराबरको क्षति भएको थियो ।

हात्तीले खेतमा प्रवेश गरेर बाली नष्ट गर्ने समस्या लामो समयदेखि रहे पनि किसान र वन्यजन्तुबीचको सम्बन्ध अहिलेसम्म सामान्य रहेको उहाँको भनाइ छ । “हामी यी जनावरसँग वर्षौंदेखि बस्दै आएका छौँ । यदि विष दिइएको हो भने हात्ती मात्र किन प्रभावित भए ?”, उहाँले प्रश्न गर्नुभयो ।

घटनाको अनुसन्धान जारी रहेकाले हात्तीको मृत्युमा साइनाइडको भूमिका, त्यसको स्रोत तथा कृषि क्षेत्रसँग यसको सम्बन्धबारे थप प्रयोगशाला परीक्षणपछि मात्र स्पष्ट निष्कर्ष आउने अपेक्षा गरिएको छ ।

शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

असममा बाढी, ९७ जनाको मृत्यु
कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ
केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते
स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

भर्खरै

  • १.
    असममा बाढी, ९७ जनाको मृत्यु

  • २.
    साइनाइडले हात्ती मारेको दाबीमा विवाद

  • ३.
    कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ

  • ४.
    केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

  • ५.
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • ६.
    थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

  • ७.
    स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

  • ८.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.