• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पुराणको रकमबाट घाट निर्माण

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

विश्‍व घटना : पेरिसमा भड्किएको त्यो हिंसा


    Avatar photo
शनिबार, असार १३, २०८३ मा प्रकाशित

काठमाडौं- आज २७ जुन। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका विश्‍व चर्चित केही घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८७१- जापानी मुद्रा येनको शुरुवात

सन् १९७१ मा आजकै दिन जापानले आधिकारिक मुद्राको रूपमा येनलाई ग्रहण गरेको थियो। त्यसअघि जारी कबिलाहरूको नोटलाई आजकै दिनदेखि येनले प्रतिस्थापित गरेको थियो। सामन्ती शासकहरूले १६औं शताब्दीदेखि त्यस्ता नोट प्रचलनमा ल्याएका थिए।

– सन् १९५४- विश्‍वको पहिलो परमाणु ऊर्जा प्लान्ट

सन् १९५४ मा आजकै दिन विश्‍वको पहिलो परमाणु ऊर्जा प्लान्टले उत्पादन शुरु गरेको थियो। हाल रुसमा पर्ने ओबनिन्स्क ऊर्जा प्लान्ट ४८ वर्षसम्म चालु रह्यो। अहिले संसारभर करिब ४०० परमाणु ऊर्जा संयन्त्र छन्। अत्यधिक खतरनाक परमाणु फोहोर र दीर्घकालीन भण्डारणको विवाद नसुल्झिँदा यो प्रविधि आज पनि विवादित छ।

– सन् १९८६- निकारागुवामा अमेरिकी हस्तक्षेप अवैध घोषित

सन् १९८० को दशकमा अमेरिकाले मध्य अमेरिकी मुलुक निकारागुवामाथि गरेको हस्तक्षेपलाई सन् १९८६ मा आजकै दिन अवैध घोषणा गरिएको थियो। ‘इन्टरनेसनल कोर्ट अफ जस्टिस’ले अमेरिकाले त्यहाँ चलाएको अर्धसैनिक अभियानको आलोचना गर्दै अवैध घोषणा गरेको थियो। अमेरिकाले त्यहाँको वामपन्थी सरकारलाई अपदस्थ गर्न उक्त अभियान चलाएको थियो। त्यहाँको सामाजिक लोकतान्त्रिक सरकारले देशको सम्पत्तिको पुनर्वितरण र शिक्षामा सुधार थालेको थियो। सोही समयमा अमेरिकाले आक्रमण गरेको थियो।

– सन् १९९१- स्लोभेनियामाथि युगोस्लाभ सेनाको आक्रमण

सन् १९९१ मा आजकै दिन स्लोभेनियामा तत्कालीन युगोस्लाभियाका सेनाले आक्रमण गरेका थिए। स्लोभेनियाले स्वतन्त्रता घोषणा गरेपछि युगोस्लाभियाको सेनाले आक्रमण गरेको थियो। उक्त युद्ध १० दिन चलेको थियो। तथापि, त्यसको वर्षदिनपछि नै युगोस्लाभिया विघटन भयो। त्यहाँ चलेका अनेकन जातीय युद्धका कारण कम्तिमा १ लाख ४० हजार जनाको मृत्यु भएको थियो।

– सन् २०१७- ६४ मुलुकमा एकसाथ साइबर आक्रमण

सन् २०१७ मा आजकै दिन ६४ वटा मुलुकमा एकसाथ साइबर आक्रमण भएको थियो। ‘पेट्या मालवेयर’ साइबर आक्रमणबाट ती मुलुकका सरकारी संस्थाहरू प्रभावित भएका थिए।

– सन् २०२२- ट्रकमा गुम्सिएर ५१ आप्रवासी मारिए

सन् २०२२ मा आजकै दिन अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोमा ५१ जना आप्रवासी मृत फेला परेका थिए। अलपत्र छाडिएको एक ट्रकमा खानतलासी गर्दा प्रहरीले उनीहरूको शव बरामद गरेको थियो। ट्रकमा अन्य १६ जना सिकिस्त अवस्थामा फेला परेका थिए। उनीहरूलाई मेक्सिको हुँदै अमेरिका पुर्‍याइएको थियो।

– सन् २०२३- पेरिसमा भड्कियो हिंसा

सन् २०२३ मा आजकै दिन फ्रान्सको राजधानी पेरिसमा हिंसा भड्किएको थियो। ट्राफिक लाइटमा एक प्रहरी अधिकृतले १७ वर्षका किशोरको गोली हानी हत्या गरेपछि त्यसको विरोधमा शुरु भएको प्रदर्शन हिंसात्मक झडपमा रूपान्तरित भएको थियो। र, देशव्यापी झडपहरू भएका थिए।

शनिबार, असार १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुराणको रकमबाट घाट निर्माण
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    पुराणको रकमबाट घाट निर्माण

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

  • ३.
    सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

  • ४.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ५.
    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ६.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ७.
    विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

  • ८.
    राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.