• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

पुराणको रकमबाट घाट निर्माण

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

पुराणको रकमबाट घाट निर्माण


    Avatar photo
आइतबार, साउन १७, २०८३ मा प्रकाशित

झापा- बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट सङ्कलित रकमको सहयोगमा निर्माण गरिएको देउनिया विश्रान्तिघाट अन्तिम चरणमा पुगेको छ । घाटलाई थप आकर्षक बनाउन शनिबार उक्त क्षेत्र परिसरमा बृहत् सरसफाइ गरिएको छ ।

Advertisement

देउनिया विश्रान्तिघाट निर्माण समितिको अगुवाइ तथा बिर्तामोड–८ वडा कार्यालयको समन्वयमा गरिएको सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, निर्माण समितिका पदाधिकारी, सुरक्षाकर्मी र स्थानीयवासीको सहभागिता थियो । घाट परिसरमा फूलबारी र फलफूलका बिरुवा रोप्ने तयारीस्वरूप सरसफाइ गरिएको हो ।

करिब रु ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको विश्रान्तिघाटका लागि अन्य सरकारी निकायको पनि आर्थिक सहयोग रहेको छ । जसमा कोशी प्रदेश सरकारबाट रु आठ लाख, बिर्तामोड–८ वडा कार्यालयबाट रु १० लाख बजेट विनियोजन भएको थियो । त्यस्तै गत वर्ष जेठमा लगाइएको धार्मिक पुराणबाट रु नौ लाख ३८ हजार सङ्कलन भएको थियो । बाँकी रकम विभिन्न दाताले सहयोग गरेका थिए ।

निर्माण समितिका सचिव मदन अधिकारीले समुदायको साथबिना यो काम सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुराणबाट उठेको रकम, स्थानीयवासीको सहयोग र विभिन्न दाताको साथले विश्रान्तिघाट निर्माण सम्पन्न गर्न सफल भएका छौँ । अब उद्घाटनसँगै यसलाई व्यवस्थित र हरियालीयुक्तस्थलका रूपमा विकास गर्ने तयारी गरेका छौँ ।”

बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्कीले घाट निर्माणसँगै स्थानीयले वर्षौँदेखि भोग्दै आएको शवदाहस्थलको समस्या समाधान भएको बताउनुभयो । “वर्षायाममा देउनिया खोलामा आउने बाढीका कारण शवदाह गर्न कठिन हुने र शव नै बग्ने जोखिम थियो । नयाँ विश्रान्तिघाट बनेपछि त्यो समस्या अन्त्य भएको छ”, उहाँले भन्नुभयो ।

वडाध्यक्ष कार्कीका अनुसार अब घाट परिसरको सौन्दर्यकरणमा जोड दिइएको छ । उद्यान निर्माणको अवधारणाअनुसार फूलबारी र फलफूलका बिरुवा रोपेर क्षेत्रलाई हरियालीयुक्त बनाइनेछ । घाट निर्माणमा पशुपतिनाथ क्षेत्रबाट ल्याइएको नफुट्ने प्रकृतिको ढुङ्गा प्रयोग गरिएकाले संरचना दीर्घकालीन र मजबुत बनेको उहाँले जानकारी दिनुभयो ।

विश्रान्तिघाट रहेको क्षेत्रमा सिँचाइ डिभिजन कार्यालयले रु २५ लाखको लागतमा तटबन्ध निर्माण गरिसकेको छ भने जनताको तटबन्ध कार्यालयबाट थप रु २१ लाख तटबन्धका लागि विनियोजन भएको निर्माण समितिले जनाएको छ । समितिका अनुसार विश्रान्तिघाटको उद्घाटन यही साउन महिनाभित्रै गरिने तयारी छ ।

आइतबार, साउन १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

  • २.
    पुराणको रकमबाट घाट निर्माण

  • ३.
    लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

  • ४.
    सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

  • ५.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ६.
    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ७.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.