• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

गेटामा शहीद भीमदत्त पन्तको शालिक अनावरण, सम्झनालाई चिरस्थायी बनाउने प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

पुराणको रकमबाट घाट निर्माण

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

फिफा विश्वकप : इरानको उजुरी तयारी


    Avatar photo
शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित

मेक्सिको- उत्तर अमेरिका विश्वकपका क्रममा आफ्नो राष्ट्रिय टोलीमाथि यात्रा प्रतिबन्ध लगाइएको भन्दै इरानको फुटबल महासङ्घले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) मा औपचारिक उजुरी दर्ता गर्ने घोषणा गरेको छ । प्रतियोगिताअन्तर्गत संयुक्त राज्य अमेरिका जाने अनुमति अस्वीकार गरिएको भन्दै इरानले आयोजक व्यवस्थामाथि आपत्ति जनाएको हो ।

Advertisement

इरानले आइतबार लस एन्जलसमा बेल्जियमविरुद्ध हुने समूह चरणको खेलअघि मेक्सिकोको तिजुआनास्थित आफ्नो प्रशिक्षण शिविरबाट दुई दिनअघि नै अमेरिकातर्फ जान अनुमति मागेको थियो । तर महासङ्घका अनुसार उक्त अनुरोध अस्वीकार गरिएको छ ।

इरानी फुटबल महासङ्घका प्रवक्ताले प्रतियोगिताका लागि आवश्यक तयारी समय पहिल्यै बुझाइसकिएको भए पनि आयोजक पक्षले फेरि यात्रा प्रतिबन्ध लगाएर प्राविधिक तयारी प्रभावित पारेको बताए । उनका अनुसार टोलीले खेलअघि लस एन्जलस पुगेर वातावरणसँग अनुकूलन गर्न, अन्तिम अभ्यास पूरा गर्न र रणनीतिक तयारी टुङ्ग्याउन चाहेको थियो ।

प्रवक्ताले खेल स्थानीय समयअनुसार दिउँसो १२ बजे सुरु हुने भएकाले टोलीलाई दुई दिनअघि नै स्थानमा पुग्ने अनुमति मागिएको तर उक्त अनुरोध अस्वीकार गरिएको बताए । उनका अनुसार महासङ्घले यस निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी गर्ने प्रक्रिया अघि बढाउनेछ ।

इरानले यसअघि पनि प्रतियोगिताको पहिलो खेलपछि लस एन्जलसबाट तत्काल बाहिरिन बाध्य हुनुपरेको भन्दै असन्तुष्टि जनाएको थियो । न्युजिल्यान्डसँग २–२ को बराबरीपछि टोलीको बसाइ व्यवस्थापनमा कठिनाइ भएको इरानी पक्षको दाबी छ ।

उता, अमेरिकी प्रशासनले इरानको आरोपलाई अस्वीकार गरेको छ । ह्वाइट हाउस फिफा टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्र्यु जुलियानीले इरानी टोलीलाई खेलअघि एक दिन मात्र अमेरिका प्रवेश अनुमति दिइएको र खेल सकिएको दिन नै प्रस्थान गर्नुपर्ने व्यवस्था गरिएको स्पष्ट पार्नुभएको छ ।

उहाँका अनुसार यही प्रक्रिया लस एन्जलसमा हुने खेल र सियाटलमा इजिप्टविरुद्ध हुने अन्तिम समूह खेलमा पनि लागू हुनेछ ।

मध्यपूर्वमा जारी युद्धका कारण इरानको विश्वकप तयारीमा पहिले नै चुनौती देखिएको थियो । प्रतियोगिता सुरु हुनुअघि नै इरानले आफ्नो प्रशिक्षण शिविर एरिजोनाको टक्सनबाट मेक्सिकोको सीमावर्ती सहर तिजुआनामा सार्नुपरेको थियो । साथै, टोलीका १५ जना अधिकारीलाई अमेरिकी भिसा अस्वीकृत गरिएको पनि इरानी पक्षले जनाएको छ ।

शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते
चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु
सुनचाँदीको मूल्य घट्यो
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
गेटामा शहीद भीमदत्त पन्तको शालिक अनावरण, सम्झनालाई चिरस्थायी बनाउने प्रयास

भर्खरै

  • १.
    इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

  • २.
    चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

  • ३.
    नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

  • ४.
    सुनचाँदीको मूल्य घट्यो

  • ५.
    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

  • ६.
    गेटामा शहीद भीमदत्त पन्तको शालिक अनावरण, सम्झनालाई चिरस्थायी बनाउने प्रयास

  • ७.
    गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

  • ८.
    पुराणको रकमबाट घाट निर्माण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.