प्युठान । जिल्लाको झिमरुक गाउँपालिकामा निर्वाचित पितबहादुर एमसीले आफूले कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार दिएका उनले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई पराजित गरेका हुन् ।
Advertisement
निर्वाचित भएसँगै प्रमाण पत्र लिने क्रममा पालिका अध्यक्ष एमसीले आफूले पाउने कुनै सेवा सुविधा नलिने बताएका हुन् । यस क्रममा उनले सबैलाई धन्यवाद दिए । उनले अहिले जितेका सबै प्रतिनिधिहरू एक भएर काम गर्ने बताएका थिए ।
झिमरुकमा माओवादी र नेकपा एमालेले गठबन्धन गरी चुनावी मैदान गएको थियो ।