काठमाडौँ । काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार उनले १६ हजार ५२ मत पाएका छन् ।
Advertisement
उनी प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित भन्दा ७ हजार ७०७ मतले अगाडि रहेका छन् । स्थापितले ८ हजार ३४५ मत मात्रै पाएका छन् ।
तेस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले ७ हजार ५११ मत पाएकी छन् । उनको मत बालेनको भन्दा ८ हजार ५४१ कम हो ।
एमाले र कांग्रेसको मत जोड्दा जम्मा १५ हजार ८५६ हुन्छ तर बालेन एक्लैले १६ हजारभन्दा बढी मत ल्याएका छन् ।