काठमाडौँ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल विजयी भएको छ । जिम्बाबे ‘ए’विरुद्ध नेपालले ९ विकेटका साथ सानदार विजयी हात पारेको हो ।
Advertisement
जिम्बोबे ‘ए’ले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा भेट्टाएको हो । नेपालका लागि ओपनर सुनिल धमलाले ३७ बल खेल्दै सर्वाधिक ३८ रन बनाए ।
यस्तै, अर्का ओपनर आसिफ शेखले ३१ बल खेल्दै ३४ रन बनाए । तेस्रो विकेटका लागि क्रिजमा गएका विनोद भण्डारीले ३ बल खेल्दै ४ रनमा नटआउट भए ।
प्रतियोगितामा जिम्बोबे ‘ए’ ले ३१.५ ओभर खेल्दै ८७ रन मात्र बनाएर अल आउट भएको थियो । जिम्बाबे ‘ए’विरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।
शुक्रबार भएको पहिलो खेलमा नेपाल जिम्बाबे ‘ए’सँग ३ विकेटले पराजित भएको थियो ।