• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

पुरानो भद्रपुरलाई आधुनिक शहर बनाउँछु : मेयर उम्मेदवार पोखरेल


शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित

‘चुनाव हारेर पनि निरन्तर जनसेवामा लागेको ऊर्जाशील मान्छे भनेर भद्रपुरवासीले चिन्नुभएको छ। पाँच वर्षको समीक्षा गर्दै जनताले परिवर्तन चाहेका छन्।’

Advertisement

नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसको राजनीतिमा प्रवेश गरेका गणेश पोखरेल अहिले झापा भद्रपुर नगरपालिकाको मेयर उम्मेदवार बनेका छन्। कांग्रेसको झापा क्षेत्र नम्बर ३ मा क्षेत्रीय सभापतिको तेस्रो कार्यकाल व्यतित गर्दैछन्, उनी। ०७४ सालमा पनि उनी भद्रपुरमा मेयर उम्मेदवार बनेका थिए। त्यतिबेला उनी एमालेका जीवनकुमार श्रेष्ठबाट पराजित भएका थिए। प्रस्तुत छ, पोखरेलका चुनावी एजेन्डामा केन्द्रित रहेर नेपाली हेडलाइनका लागि रेश्मा सिंहले गरेको संवाद :

भद्रपुरवासीले तपाईंलाई कसरी चिन्छन् ?

नेपाल विद्यार्थी संघबाट लामो समय राजनीति गरेर कांग्रेस पार्टीको क्षेत्रीय सभापतिको तेस्रो कार्यकाल व्यतित गर्नुका साथै यसभन्दा अगाडि पनि नगरपालिकामा प्रमुख प्रतिपक्षका रूपमा उपविजेता भएर निरन्तर जनताको सेवामा लागेको ऊर्जाशील युवा भनेर भद्रपुरवासीले चिन्नुहुन्छ।

भद्रपुर नगरपालिका देशकै पुरानो नगरपालिकामध्येमा पर्छ। यस नगरपालिकालाई आधुनिकता दिन तपाईंका योजना के छन् ?

नगरपालिकालाई आधुनिक बनाउने सन्दर्भमा यो पाँच वर्षको समीक्षा गर्दा खासै ठूलो उपलब्धी हासिल भएको पाइँदैन। विशेषगरी यस नगरपालिकामा संविधानले दिएको मौलिक हक, अधिकारलाई सही ढंगले उपयोग गर्नुपर्छ भनेर शिक्षा र स्वास्थ्यलाई मैले केन्द्रित गरेको छु। सँगसँगै यहाँका सबै नागरिकलाई शिक्षा, स्वास्थ्य, कृषिमा जोड्ने कार्ययोजना ल्याएर अगाडि आएका छौं। यसैगरी, यहाँको पर्यटक क्षेत्रको समुन्नत विकास, मेची क्याम्पसलाई शैक्षिक हबको रूपमा विकास गर्ने, मेची अञ्चल अस्पतालको विकास र खेलकुदको दृष्टिकोणले मेची रंगशालालाई व्यवस्थित गरेर अगाडि बढ्ने कार्ययोजना बनाएका छौं।

तपाईंले चुनाव जित्ने आधार के हुन् जस्तो लाग्छ ?

२०७४ सालको चुनावमा दोस्रो भएँ। त्यतिबेला चुनाव हार्दा पनि निरन्तर जनताको सेवामा लागिपरेँ। चुनाव हारेर पनि निरन्तर जनसेवामा लागेको ऊर्जाशील मान्छे भनेर भद्रपुरवासीले चिन्नुभएको छ। सँगसँगै यो पाँच वर्षको समीक्षा गर्दै जनताले अब परिवर्तन ल्याउनुपर्छ र नयाँ कार्य योजनासहित आउने उम्मेदवारलाई निर्वाचित गराउनुपर्छ भन्ने जनतालाई लागेको मैले महशुस गरेको छु।

त्यसमा थप गठबन्धन बनेको छ। माओवादी केन्द्र र एकीकृत समाजवादीसँग मिलेर हामीले गठबन्धन गरेका छौं। गठबन्धनलगायत सबै आधारलाई हेर्ने हो भने हामी विजय हुन्छौं भन्ने निश्चित छ।

भद्रपुरवासीले तपाईंलाई किन भोट दिने ?

म राजनीतिमा इमान्दार भएर लागिपरेको मान्छे हुँ। निरन्तर रूपमा निष्ठापूर्वक यही क्षेत्रमा लागिपरेको छु। जनताको सेवामा जीवन नै समर्पित गरेको छु र गर्नेछु। यससँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको समुन्नत विकासका कार्ययोजनालगायत सुकुम्वासी समस्याको समाधान गर्ने योजना बनाएका छौं। यो कार्ययोजनाका आधारमा समृद्ध भद्रपुर बनाउने लक्ष्यलाई बुझेर जनताले भोट दिनुहुन्छ भन्ने पूर्ण विश्वास छ।

शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा
लागूऔषध नियन्त्रणमा सामाजिक सरोकार !
वर्तमान सरकार, लगानी र विकासको सम्भावना !
त्रिभुवन विश्‍वविद्यालयमा पढाइने लोकतन्त्र र अहिलेका युवाले चाहेको लोकतन्त्र

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.