• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

मतदाताको गुनासो : डुबानबाट बचाउनेलाई मत दिन्छौँ


    Avatar photo
शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित

काठमाडौँ । वर्षौंदेखि डुबान र कटानको समस्या भोग्दै आएका धनुषाको धनुषाधाम नगरपालिका ४ रामपुरका मतदाताले बलुवा खोलामा पुल बनाइदिने उम्मेदवारलाई मत दिने बताएका छन् ।

Advertisement

बलुवा खोलामा पुल निर्माण नहुँदा वर्षायाममा डुबान र कटानको समस्या भोग्दै आएका धनुषाधाम नगरपालिकाको सरसा, रामपुर, लवटोलियासहित एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्णा यात्रा गर्न बाध्य छन् ।

काम विशेषले धनुषाधाम बजारसम्म आवतजावत गर्ने सो क्षेत्रका स्थानीयवासी एकातिर खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्कातिर खोला गहिरो भएकाले बाढीका बेला सवारी साधन नै भासिने जोखिम छ । ‘गाउँदेखि धनुषाधाम बजारसम्म पुग्न समस्या छ,’ रामपुरकी सीतादेवी यादवले भने, ‘पुल नहुँदा कतिपयले जोखिम उठाएरै खोला तरेर बजारसम्म पुग्छन् भने कतिपयले घुमाउरो बाटोको प्रयोग गरेर पुग्ने गरेका छन् ।’

सुक्खायाममा केही सहज भए पनि बाढीको समयमा दुई महिनासम्म स्थानीयवासीलाई आवतजावत गर्न गाह्रो हुन्छ । ‘यो समस्याबारे वडा र नगरका जनप्रतिनिधिदेखि मन्त्रीसम्मलाई अवगत गराएँ, तर अझै खोलामा पुल निर्माणका लागि कुनै पहल हुन सकेको छैन,’ यादवले भने ।

खोलामा पुल निर्माण भए सहज रूपमा बजारसम्म आवतजावत गर्न सकिन्छ । पुल निर्माणपछि गाउँबाट धनुषाधाम बजारसम्म पुग्न पाँच किलोमिटर जति मात्र हुनेछ । त्यो दूरी पैदल एक घण्टा र सवारी साधनमा ओहोरदोहोर गर्न १० मिनेट मात्र लाग्छ । पुल निर्माण नहुँदा घुमारो बाटो प्रयोग गर्न बाध्य भएको उनको दुःखेसो छ ।

बालुवा खोलाको बाढीले बर्सेनी क्षति पुर्याउने गरेको स्थानीयवासीले जनप्रतिनिधिदेखि केन्द्रीय नेतालाई गुहार्दै आएका छन् । ‘‘खोलामा पुल नबन्दा भोग्नु परेको पीडाबारे गुहार्दै आएका छौँ, हाम्रो कुरा अहिलेसम्म कसैले सुनेनन्”, रामपुरकै सुभद्रा देवीले भनिन्, ‘निर्वाचित भएदेखि नै धनुषाधाम नगरपालिकाका जनप्रतिनिधिलाई समेत खोलाले पु¥याउँदै आएको क्षति र पुलको आवश्यकताबारे ध्यानाकर्षण गराए पनि आश्वासनबाहेक केही पाउन सकेका छैनौँ ।’

खोलामा तटबन्धसँगै पुल निर्माणको ग्यारेन्टी गर्ने उम्मेदवारलाई स्थानीय तह निर्वाचनमा मतदान गर्ने मतदाताले बताएका छन् ।

‘चुनावका बेला भोट लिन ठूला–ठूला आश्वासन बाँड्ने नेता पदमा पुगेपछि बिर्सिने गरेका छन्,’ लवटोलियाका सिम्रिक साहले भने, ‘अब बालुवा खोलामा पुल निर्माणको ग्यारेन्टी गर्ने नेतालाई मात्र हामी मत दिन्छौँ ।’

  • मतदाता
शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

भर्खरै

  • १.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • २.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ३.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ४.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ५.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ६.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ७.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ८.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.