काठमाडौँ । आइतबार भारतको मुम्बईबाट पश्चिम बंगालको दुर्गापुर जाँदै गरेको स्पाइसजेट बोइङ्ग बी ७३७ विमान तुफानमा फसेर दुर्घटनाबाट जोगिएको छ ।
Advertisement
तर, तुफानमा फसेर विमान झट्दा हुँदा सवार ४० जना यात्रु घाइते भएका छन् । घटनामा १० जना यात्रुको अवस्था गम्भिर रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
पाइलटले आफ्नो क्षमता र सुझबुझ तरिकाले विमानलाई सुरक्षित तवरबाट रनवेमा उतारेका छन् । जसबाट तुफानमा फसेको विमान सकुशल अवतरण भएको छ । यससँगै घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ ।
समाचारमा जनाइएअनुसार विमान दुर्गापुरस्थित काजी नजरुल इस्लाम एयरपोर्टमा अवरतण गर्ने तयारी गरिरहेको थियो । सोही समयमा तुफानमा फस्न पुगेको हो । यस क्रममा विमानमा झट्का लागेको थियो । यस क्रममा यात्रुहरूसहित विमानमा कर्मचारीहरू घाइते भएका हुन् । एजेन्सी