काठमाडौँ । नेपाली क्रिकेट टोली र जिम्बाब्वे ‘ए’बीच आज पहिलो खेल हुने भएको छ । तीन टी २० खेलको शृंखलाअन्तर्गतको पहिलो खेलमा आज नेपाल र जिम्बाव्बेबीच प्रतिपस्र्धा हुने भएको हो ।
अमेरिकामा जुनमा आयोजना हुने विश्वकप क्रिकेट लिग २ का लागि नेपालले तयारी स्वरुप जिम्बाब्वेसँग तीन टी २० र तीन एक दिवसीय शृंखला खेल्ने भएको हो ।
नेपालले शनिबार जिम्बाब्वेविरुद्धको तीन एक दिवसीय शृंखलाअन्तर्गतको पहिलो खेल खेल्ने तयारी गरे पनि वर्षाका कारण रद्द भएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार पूर्वनिर्धारित खेल तालिका परिवर्तन गर्दै पहिला टी २० शृंखला खेलाउने नयाँ तालिका सार्वजनिक गरेको थियो ।
खेल दिउँसो एक बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ । क्यानले शनिबार मात्र ट्वान्टी २० शृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा टोलीको घोषणा गरेको थियो ।