• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

दुईदिने विदाको उपयोग : देशाटनमा निस्किऊँ, हाइकिङ र ट्रेकिङ क्लब बनाऊँ


बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित

मेक्सिकोमा सबैभन्दा कम विदा रहेछ र फ्रान्समा सबैभन्दा बढी। मेक्सिकोको प्रतिव्यक्ति आय धेरै तल छ। धेरै दिन काम गर्दा अर्थतन्त्र बलियो हुने भए मेक्सिको अगाडि हुनुपर्ने हो, किन फ्रान्स बलियो छ त?

Advertisement

दुई दिन सार्वजनिक विदा दिँदा सार्वजनिक सेवा प्रवाह प्रभावित हुने उल्लेख गर्दै सामाजिक सञ्‍जालमा उक्त सरकारी निर्णयको आलोचना भइरहेको छ। तर, यो व्यवस्थाले घुमफिर संस्कृति बढाउने, आन्तरिक पर्यटनको प्रबर्द्धन गर्ने अनि अर्थतन्त्र चलायमान बनाउने पाटो निकै महत्त्वपूर्ण छ। त्यस प्रयोजनमा यसलाई व्यवस्थित गर्न सक्नुपर्छ।

मैले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा दुई दिन सार्वजनिक विदा दिने अवधारणा ल्याएको थिएँ। ‘नेपाल भ्रमण वर्ष २०२०’ सँगसँगै कोभिड-१९ पछि अर्थतन्त्रको पुनःस्थापनाका लागि दुई दिन सार्वजनिक विदा दिन मन्त्रिपरिषद्‍मा मौखिक रूपमा प्रस्ताव अगाडि सारेँ। त्यही कुरा मैले सञ्‍चार माध्यममा पनि ल्याएँ। सञ्‍चार माध्यममार्फत आम नागरिकको प्रतिक्रिया बुझ्‍नु थियो।

कतिपयले यो विषयलाई उडाए, बेकार कुरा हो भने। त्यसपछि दुनियाँमा धेरै र कम विदा हुने मुलकको आर्थिक स्ट्यान्डर्ड के रहेछ भनेर पनि अध्ययन गर्न सानो टिमलाई जिम्मा दियौँ। हाम्रो उद्देश्य अर्थतन्त्रलाई चलायमान र बलियो बनाउने थियो। दुई दिन विदा हुँदा कर्मचारीहरू स्वदेशका पर्यटकीय गन्तव्यमा घुम्‍न निस्किन्छन्। त्यसका लागि कर्मचारीलाई इन्सेन्टिभ पनि दिऊँ भनेको थिएँ। ५० हजार खर्च गर्ने कर्मचारीलाई भ्याट छुट दिन सकिन्छ कि भनेर पनि हेरेका थियौँ। अथवा दशैँ खर्च भनेर दिइने रकमलाई ट्राभल एलाउन्स बनाउन सकिन्थ्यो। धेरैभन्दा धेरै घुम्‍न प्रेरित गर्ने र त्यसका लागि सहुलियत दिने उद्देश्य थियो त्यो।

औषधि, पोशाकलगायतमा कर्मचारीलाई खर्च दिएको छ, सरकारले। त्यसलाई अलिकति सरकारले घुम्‍नको लागि पनि यो व्यवस्था गरेको हो भन्‍नुपर्छ। यस्तै, निजी क्षेत्रसँग बसेर यसरी प्याकेजमा आउनेलाई अलिकति छुट देऊ भनौं भनेर मैले अगाडि बढाउन खोजेको थिएँ।

किनभने, हाम्रो देशका लागि अत्यावश्यक र अर्थतन्त्र चलायमान बनाउने आन्तरिक पर्यटनबाटै हो। कोभिड महामारीले पनि यही पाठ सिकाएको छ। अध्ययनहरूले भन्छन्, ‘हाम्रो देशमा आउने बाह्य पर्यटकले नेपालमा जति खर्च गर्छन्, त्यसभन्दा बढी नेपाली विदेश घुम्‍न जाँदा गर्छन्।’ त्यसो भए एक दिन विदाको फाइदा के त?

अध्ययनहरूले भन्छन्, ‘हाम्रो देशमा आउने बाह्य पर्यटकले नेपालमा जति खर्च गर्छन्, त्यसभन्दा बढी नेपाली विदेश घुम्‍न जाँदा गर्छन्।’ त्यसो भए एक दिन विदाको फाइदा के त?

नेपाली नागरिक धेरैजसो थाइल्यान्ड र इन्डोनेसियाको बालीतिर भेटिन्छन्। अमेरिकाको न्युयोर्कतिर प्याकेज टुरमा जाने नेपालीको संख्या पनि उल्लेख्य हुन थालेको छ। नेपालीहरूले त्यसरी नेपाली मुद्रा विदेश लगिरहेका छन्। त्यही भएर उनीहरूलाई नेपालभित्रै घुमाऊँ भनेर त्यो अवधारण ल्याइएको थियो। धेरैले यसलाई रूचाएनन्, त्यतिबेला।

त्यतिबेला मन्त्रालयको टिमले मेक्सिको र फ्रान्सको अध्ययन गरेको थियो। मेक्सिकोमा सबैभन्दा कम विदा रहेछ र काम गर्ने समय धेरै। फ्रान्समा सबैभन्दा बढी विदा रहेछ र काम गर्ने दिन कम। मेक्सिकोको प्रतिव्यक्ति आय जीडीपीभन्दा तल छ। धेरै दिन काम गर्दा अर्थतन्त्र बलियो हुने भए मेक्सिको अगाडि हुनुपर्ने हो। किन फ्रान्स बलियो छ त? यसको अन्तर्य हो- दुई सय वर्षअघि मजदुरहरूले ८ घण्टा काम, ८ घण्टा आराम भने। यदि मनोरञ्‍जन र आरामको समय दिइएन भने हामी काम गर्न सक्दैनौँ। तिमीले ८ घण्टा मनोरञ्‍जन गर्न दियौ भने ८ घण्टामा १६ घण्टाको उत्पादन गरिदिन्छौं, घुम्‍न, आराम गर्न दिएनौ भने राजाको काम कहिले जाला काम भन्दै हामी समय व्यतित गर्छौं भने।

हाइकिङ काठमाडौं : प्रकृतिसँग साक्षात्कार

जस्तै- अमेरिकालगायत मुलुकमा सोमबारदेखि शुक्रबारसम्म गधाले झैं काम गर्छन्। त्यहाँ कसैले कसैसँग भेट्दैनन्। शनिबार र आइतबार पनि कसैलाई नभेटी घुम्‍न निस्किन्छन्। पुनः सोमबारदेखि काम शुरु। उनीहरूले पाँच दिन काम गरेर कमाएको पैसा पनि बजारमा आइरहेको छ। त्यही कल्चर नेपालमा पनि लागू हुनुपर्छ।

कोभिड महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्‍न सातामा दुई दिन विदाको व्यवस्थालाई अधिकतम आन्तरिक पर्यटन प्रबर्द्धनमा उपयोग गर्नुपर्छ। पहिलो त कर्मचारीलाई घुम्‍न निस्किन सरकारमा प्याकेज ल्याउनुपर्‍यो। पर्यटन व्यवसायीहरूले पनि दुई दिनलाई अधिकतम उपयोग गर्ने गरी प्याकेज बनाउनुपर्‍यो।

यसले मानिसको काम गर्ने क्षमता वृद्धि गर्ने विभिन्‍न अध्ययनले देखाएका छन्। जब मानिसले मनोरञ्‍जन गर्न र घुम्‍न पाउँछ, त्यसपछि उसले पूर्ण क्षमतामा काम गर्न सक्छ। खुशी भएर काम गर्छ।

विगतमा पनि सातामा दुई दिन विदाको अभ्यास नगरिएको होइन। ०४७ सालमा अदालतमा केही समय यो व्यवस्थाको अभ्यास भएको थियो। ०४८ सालमा तत्कालीन प्रशासन सुधार आयोगले पनि दुई दिन सार्वजनिक विदाको प्रस्ताव गरेको थियो। सरकारी खर्च घटाउन सकिने र प्रशासन सञ्‍चालन सहज हुने आयोगको निष्‍कर्ष थियो। सोहीबमोजिम ०५६ सालमा काठमाडौं उपत्यकाभित्र परीक्षणका रूपमा यो व्यवस्था लागू भयो तर लामो समय टिकेन।

यसले मानिसको काम गर्ने क्षमता वृद्धि गर्ने विभिन्‍न अध्ययनले देखाएका छन्। जब मानिसले मनोरञ्‍जन गर्न र घुम्‍न पाउँछ, त्यसपछि उसले पूर्ण क्षमतामा काम गर्न सक्छ। खुशी भएर काम गर्छ।

म मन्त्री बन्दा सार्वजनिक विदाको अन्तर्राष्‍ट्रिय अभ्यास र त्यसले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पर्ने प्रभाव अध्ययन गर्न मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्‍जय रेग्मी, गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरे, अर्थ मन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाल सहभागी अध्ययन समिति गठन भएको थियो। यसबाट सार्वजनिक खर्च र इन्धन खपतमा कटौती, उत्पादकत्व वृद्धि, आन्तरिक पर्यटन प्रबर्द्धनलगायत विषयमा अध्ययनपछि दुई दिन विदा उपयुक्त हुने निष्‍कर्ष दिएको थियो। र, सोही अध्ययनमा ८८ प्रतिशत मुलुकमा सातामा दुई दिन सार्वजनिक विदा दिइने गरेको जानकारी प्राप्त भएको थियो।

अहिले हाम्रा मन्त्रालय र कार्यालयहरूमा भएका आधा कर्मचारीले काम बन्छ। हामीले काम सातामा ६ दिन लगाएका छौं। के काम गर्ने कार्यालयमा काम नै छैन त? हामीले एकजनाले गर्ने काममा १० जनालाई लगाएका छौं। त्यसैले दुई दिन विदा दिने नीतिलाई व्यवस्थित गर्नुपर्छ।

नेपालमा अवकाशपछि पेन्सन खाने लाखौं मानिस छन्। सेना, प्रहरी, निजामति र शिक्षक छन्। उनीहरूलाई पनि हरेक महिना तलबसरह अवकाश भत्ता दिइरहेको छ, सरकारले। उनीहरूलाई पनि केही रकम थपेर घुम्‍न जाऊ भन्यो भने अवकाशपछि पाएको रकम घुम्‍नमा खर्च गर्छन्। नत्र उनीहरूलाई अवकाशपछिको भत्ता दिएको सरकारलाई के उपलब्धि हुन्छ? त्यही नागरिकप्रतिको राज्यको दायित्वबाहेक। त्यो रुपैयाँ उत्पादनमा जोडिएन नि !

देशाटन मेरो रुचिको विषय हो। झन् पर्यटनमन्त्री भएपछि घुमफिर संस्कृतिप्रति अझ बढी मोह बढ्यो। यसले मलाई थप हौसला मिलेको हो। मैले काठमाडौंका धनीमानीलाई ट्रेकिङ क्लब बनाउन भनेको थिएँ। ट्रेकिङ र हाइकिङ क्लब बनाएर हरेक शनिबार हिँडाऊ पनि भनेको थिएँ। तर, त्यस पाटोमा काम भएको छैन। यस पाटोमा पनि पहलकदमी जरुरी छ।

(घुमफिरका सौखिन एमाले केन्द्रीय सचिव तथा पूर्वपर्यटनमन्त्री भट्टराईसँग कुराकानीमा आधारित। भट्टराईको पैदल यात्राका शृंखला लगातार प्रकाशित गर्नेछौँ।)

बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.