• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आज कहाँ-कहाँ हुनेछ वर्षा ?

३२ सय ४८ मेगावाट पुग्यो बिजुलीको दैनिक माग

आज कति छ डलर, युरो, रियाल, रिंगिटको भाउ ?

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

पर्वतको मिलनचोक–लेखफाँट–शालिजा सडक स्तरोन्नति सुरु


    Avatar photo
आइतबार, माघ २७, २०८१ मा प्रकाशित

पर्वत- जलजला गाउँपालिकाको मिलनचोक–लेखफाँट–शालिजा सडक स्तरोन्नति गर्न सुरु गरिएको छ । जलजला गाउँपालिकाका चार वडाका साथै छिमेकी जिल्ला म्याग्दीको नागीका बासिन्दालाई बाह्रैमास यातायातको सुविधा उपलब्ध गराउन सडक कालोपत्रसहित स्तरोन्नति गर्न थालिएको हो ।

Advertisement

सडक स्तरोन्नतिका लागि चालु अािर्थक वर्षमा सङ्घीय सरकारबाट थप रु तीन करोड बजेट विनियोजन भएको छ । यसअघि विनियोजन भएको रु दुई करोड १५ लाख गरी रु पाँच करोड १५ लाखमा सडक स्तरोन्नतिको योजना सुरु भएको हो ।

जिल्लाको मुख्य कृषि पकेट क्षेत्रका रूपमा रहेको जलजला–६ शालिजालाई जोड्ने सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित भएसँगै शनिबार सडक डिभिजन कार्यालय पोखराका प्राविधिक फिल्डमा खटिएर नापजाँच गरिसकेका छन् । अबलगत्तै योजना अघि बढाउने तयारी भएको छ ।

चालु आवभित्रमै योजना सम्पन्न गर्नेगरी बजेट विनियोजन भएको पूर्वमन्त्री तथा सांसद पदम गिरीले जानकारी दिनुभयो । अहिले विनियोजन भएको बजेटले हुन नसकेको काम आगामी आवका लागि पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गराउन पहल गर्ने उहाँले बताउनुभयो । आगामी आवमा मिलनचोकबाट शालिजासम्मको सडक स्तरोन्नति योजना सम्पन्न गर्न आफूले पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजनको पहल गरेको उहाँको भनाइ छ ।

यो सडकको करिब दुई दशकअघि मार्ग खोलिएको थियो । तरकारी पकेट क्षेत्रका रूपमा चिनिएको वडा नम्बर ५ लेखफाँट हुँदै ६ नम्बर वडा शालिजा जोड्ने कृषि सडक जीर्ण हुँदा किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म लैजान समस्या भोग्दै आएका छन् ।

चालु आवमा मिलनचोकबाट लुङ्दी खोलाको मोटरेबल पुलसम्म प्रदेश सरकारको बजेटबाट सडक स्तरोन्नति योजना अघि बढेकाले वडा नं ४ खोलाखेतबाट अगाडि सडक स्तरोन्नतिको काम सुरु गरिने वडाध्यक्ष भरत क्षेत्रीले जानकारी दिनुभयो ।

कच्ची, जीर्ण र साँघुरो सडकका कारण कृषि उपजको बजारीकरण तथा आवतजावतमा सर्वसाधारणले वर्षौँदेखि समस्या भोग्दै आएकाले सडक स्तरोन्नतिका लागि थप बजेट विनियोजन भएपछि स्थानीय उत्साहित भएको क्षेत्रीले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले मिलनचोक बजारबाट लुङ्गदी खोलाको मोटरेबल पुलसम्म एक किलोमिटर ५०० मिटर दूरीको सडक स्तरोन्नति गर्न रु एक करोड ७९ लाख विनियोजन गरेको थियो । उक्त बजेटबाट अहिले सडक स्तरोन्नतिको योजना सुरु भएको छ ।

बहुवर्षीय ठेक्का लगाएर योजना कार्यान्वयन गर्न चालु आवका लागि प्रदेश सरकारले रु ७२ लाख विनियोजन गरेको छ । अहिले सडक फराकिलो पार्ने, पक्की नाली निर्माण, सडक ढलान र सोलिङको काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

सडक निर्माणका लागि युग विल्डर्स एण्ड सप्लायर्स प्रालि पोखरासँग १८ महिनामा सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । बाँकी रहेको खोलाखेतबाट शालिजासम्मको सडक फराकिलो, नाली निर्माण, ढलान र कालोपत्र गर्न रु आठ करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । सडक स्तरोन्नति भएपछि जलजलाको वडा नं ४ खोलाखेत तथा ५ को रातामाटा र लेखफाँट, ६ को भोटेडाँडा, शालिजा र ठोटनेरीका साथै छिमेकी जिल्ला म्याग्दीका स्थानीय लाभान्वित हुनेछन् ।

आइतबार, माघ २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज कहाँ-कहाँ हुनेछ वर्षा ?
३२ सय ४८ मेगावाट पुग्यो बिजुलीको दैनिक माग
आज कति छ डलर, युरो, रियाल, रिंगिटको भाउ ?
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

भर्खरै

  • १.
    आज कहाँ-कहाँ हुनेछ वर्षा ?

  • २.
    ३२ सय ४८ मेगावाट पुग्यो बिजुलीको दैनिक माग

  • ३.
    आज कति छ डलर, युरो, रियाल, रिंगिटको भाउ ?

  • ४.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५.
    विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा

  • ६.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ७.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ८.
    पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.