• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

पूर्व हेभिवेट बक्सर टाइसनले जहाजभित्रै कुटे सहयात्री


शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित

 

Advertisement

पूर्व हेभिवेट बक्सर माइक टाइसनले उनी चढेको जहाजको छेउमा बसेका यात्रुलाई पिटेको भिडियो सार्वजनिक भएको छ । उनका प्रवक्ताले ‘सहयात्रीले टाइसनलाई पानीको बोत्तलले हानेपछि आक्रोसित भएको’ बताएका छन् ।

 

जहाजका अन्य यात्रुले मोबाइलबाट खिचेको भिडियोमा टाइसन उठेर अर्को यात्रुमाथि लगातार पञ्च हानिरहेको देखिन्छ । बक्सिङ ‘हल अफ फेमर’का प्रवक्ताले पनि टाइसनले ‘अपमानित गर्ने’ एक जना ‘उग्र यात्रु’लाई पञ्च हानेको पुष्टि गरे ।

 

घटनापछि सन फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलभित्रको अस्पतालमा सामान्य चोटपटकका लागि उपचार गरिएको र घटनामा संलग्न दुवैलाई प्रहरीको जिम्मा लगाइएको विमानस्थल प्रशासनले जनाएको छ । प्रहरीले दुवैलाई केही समय हिरासतमा राखेको जानकारी दिएको छ ।

 

प्रहरीले दुर्ई जनाको पहिचान टिपेर थप अनुसन्धानमा सघाउने प्रतिबद्धता गराएर छाडेको बताएको छ । घटना बुधबर राति जेट–ब्लु वायुसेवाको विमानमा भएको थियो ।

 

सान फ्रान्सिस्कोदेखि फ्लोरिडा उड्न लागेको विमान उड्नुअघि दुई जनाबीच भनाभन भएको र टाइसनले सहयात्रीलाई पिटेका विमानमा रहेका अन्य यात्रुले बताए ।

 

विमानभित्र टाइसनले सहयात्रुलाई पञ्च हानेको भिडियो पहिलो टक टीएमजेड नामक ट्याबलोइडले प्रकाशित गरेको थियो । टीएमजेडका अनुसार सुरुमा ती सहयात्रीसँग तस्वीर खिचाउन माइक तयार भएका थिए । तर, ती व्यक्तिले उनको अपमान गर्न थाले । माइकले पटक पटक शान्त रहन आग्रह गर्दा पनि तिनले अपमान गरिरहेका थिए ।

 

टाइसन संलग्न मारपिट र हिंसाका घटना विगतमा पनि पटक पटक सार्वजनिक भएका छन् । सन् १९९२ मा उनी बलात्कारको आरोपमा दोषी पाइएका थिए । त्यस घटनामा उनलाई तीन वर्षको जेल सजाय भयो ।

 

पुनः सन् १९९७ मा उनले बक्सिङ रिङमा प्रतिद्वन्दीको कानको एक अंश नै चोइटिने गरी टोकिदिएका थिए । त्यस समय उक्त खेल नै रद्द गर्नु परेको थियो । सन् १९९८ मा म्यारिल्याण्डमा भएको उन संलग्न कार दुर्घटनामा उनको गल्ती पाइएको थियो ।

 

सन् २०२१ फेब्रुअरीयता अमेरिकाभर विमानभित्र गर्न नहुने व्यवहार गरेको अवस्थामा सात हजार यात्रु समातिएका संघीय उड्यन प्रशासनले बताएको छ । तीमध्ये ७० प्रतिशत मास्क लगाउने नमानेहरु रहेको प्रशासनले जानकारी दिएको छ ।

 

 

  • प्रकाशित
  • विमान
शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.