Advertisement
काठमाडौँ । भारतमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का एक नेताको गोली हानी हत्या भएको छ । राजधानी नयाँदिल्लीमा भाजपाका स्थानीय नेताको गोली हानी हत्या भएको हो ।
बुधबार साँझ भाजपाका स्थानीय नेता जितु चौधरीको गोली हानी हत्या गरिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार पूर्वीदिल्लीमा चौधरीलाई उनकै घरअगाडि गोली हानिएको हो ।
घाइते चौधरीलाई निजी गाडीमा राखेर अस्पताल लगिएको थियो । अस्पतालमा पुगेसँगै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
उनी भाजपाका जिल्ला मन्त्री हुन् । प्रहरीले उनीमाथि गोली हान्नेहरूको खोजी गर्न सीसीटीभी फुटेजको अध्ययन गरिरहेको समाचारमा जनाइएको छ । घटना पैसाको लेनदेनका कारण भएको अनुमान गरिएको समाचारमा जनाइएको छ ।