काठमाडौँ । श्रीलंकाको राजधानी कोलम्बोदेखि करिब सय किलोमिटरको दुरीमा रहेको रामबुकाना कस्बेमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । घटनामा १२ जनाभन्दा बढी घाइते भएका छन् ।
श्रीलंकामा देखिएको आर्थिक संकटका बीच देशभर प्रदर्शन हुँदै आएको छ । प्रदर्शनका क्रममा प्रहरीले गोलाबारी गर्दा एक जनाको मृत्यु भएको हो ।
प्रहरीले गोलीबारीको घटनाबारे पुष्टि गर्दै भनेको छ, ‘प्रदर्शनकारी एक रेल वेमा जाम गराउने उद्देश्यले उत्रिएका थिए, उनीहरूलाई हटाउने क्रममा गोली चलाउन बाध्य भएका हौँ ।’
स्थानीय प्रहरी अधिकारी निहाल थालदुवाले सञ्चार माध्यमसँग भने, ‘प्रहरीले शुरुमा प्रदर्शनकारीलाई शान्तिपूर्ण तरिकाले हटाउने कोशिस गरेको हो, प्रदर्शनकारी हट्न नमानेपछि गोली चलाउन बाध्य भएको हो ।’
श्रीलंकामा पछिल्ला महिनाहरूमा ठूलो मात्रामा आर्थिक संकट देखा परेको छ । यससँगै देशमा राजनैतिक संकट उत्पन्न भएको छ । यस क्रममा एकैपटक सबै मन्त्रीहरूले राजीनामा दिएका थिए । देशमा आर्थिक अवस्था कठिन मोडमा पुगेसँगै अत्यावश्यक सामानको अभाव देखा परेको छ । एजेन्सीको सहयोगमा