• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

झटारो : भाइरल बडका भलमन्सा !

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

राशिफल : धनु- भाग्योन्‍नति, कुम्भ- पराक्रम बढ्ने


सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित

मेष- शरीरमा उत्साह र उमंग प्राप्त हुनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित होला। आश्‍वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। बन्‍ने निश्‍चय भएको काम अचानक बिग्रन सक्छ।

Advertisement

वृष- सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। कामले धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला। स्वास्थ्य कमजोर रहनाले जोश-जाँगरमा कमी आउनेछ। पठनपाठनमा समय दिन नसकिएला।

मिथुन- आर्थिक पक्ष सुदृढ बन्‍नेछ। न्यायिक, कानूनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। विभिन्‍न उपहार प्राप्त हुने समय छ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ। कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला।

कर्कट- हाँसखेल र मनोरञ्‍जनपूर्ण समय छ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति होला। आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषिकर्म र व्यावसायिक काममा फाइदै होला। आश मारेको काम बन्‍नाले उत्साह जाग्‍नेछ। सानो प्रयत्‍नले ठूलो काम सम्पादन हुनेछ।

सिंह- दुर्गमस्थान र टाढाको यात्राको सम्भावना छ। तर, अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। आफन्तबाट टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ।

कन्या- दोधारको अवस्था सिर्जना हुन सक्छ। पारिवारिक सहयोग प्राप्त हुनेछ। पुरानो रोगले पनि सताउन सक्छ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ।

तुला- कल्पना र भावनामा केन्द्रित भइने छ। बोलीको विपरीत अर्थ लाग्‍न सक्छ, मुखलाई नियन्त्रणमा राख्‍नुहोला। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। आजको लाभांश सुरक्षित वा सञ्‍चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ।

वृश्‍चिक- बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। वित्तादि लाभ पनि प्राप्त होला। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक अनुष्‍ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्।

धनु- पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइ-लेखाइमा प्रगति हुनेछ। स्वादिष्‍ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। व्यवसायमा प्रशस्तै लाभ हुनेछ। भाग्योन्‍नतिको समय छ। धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ।

मकर- मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। काममा आलस्य जाग्‍ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्‍न गर्दा सामान्य फाइदा हुनेछ।

कुम्भ- जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको कामसमेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला।

मीन- ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्‍न सक्छ। विभिन्‍न उपहार प्राप्त हुने समय छ। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ। गरेका कामबाट धेरैलाई फाइदा पुग्‍न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ।

सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !
राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन
सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन
चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए
प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

  • ३.
    राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ४.
    सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

  • ५.
    चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

  • ६.
    प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

  • ७.
    रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

  • ८.
    झटारो : भाइरल बडका भलमन्सा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.