Advertisement
काठमाडौँ । सरकारले इन्धन खर्च कटौती गरेको छ । सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको हो ।
सरकारले गत चैत्र ३० गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको थियो ।
अर्थमन्त्रालयले जारी सूचनामा भनिएको छ, ‘इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत खर्च कटौती गर्नु पर्ने छ ।’