काठमाडौँ । मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका उनीहरूको हत्या भएको त्यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
Advertisement
उक्त घटना सोमबार भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् । जसमा चार जना बालबालिका रहेका समाचामा जनाइएको छ ।
अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताएका छन् । हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरूको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । अधिकारीहरूका अनुसार सबै जनालाई गोली हानिएको छ । गोली लागेर सात जनाको घरैमा निधन भएको थियो । एक जनाको अस्पतालमा निधन भएको थियो ।