• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

झटारो : भाइरल बडका भलमन्सा !

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

राशिफल : वृश्‍चिक- दाम्पत्य सुख, धनु- पदोन्‍नति


सोमबार, असोज ०७, २०८१ मा प्रकाशित

मेष- जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन्। विद्यार्थीहरूका लागि विशेष उपलब्धीमूलक समय छ। सहयोगीको राम्रो साथ पाइनेछ। शिक्षा र साझेदारीमा फाइदा हुनेछ। घरमा सामान्य मनमुटाव होला। खानपानको असावधानीले स्वास्थ्य  कमजोर बन्‍ने देखिन्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यावसायिक काममा पनि त्यति फाइदा नहोला।

Advertisement

वृष- बोलीको गलत अर्थ लाग्‍ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ। शक्तिमा अंकुश लाग्‍नेछ। सन्तानबाट लाभ र सुख मिल्नेछ। दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन्। प्रेम वा दाम्पत्यमा आत्मीयभाव बढ्नेछ। सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतीसमेत सामना गर्नुपर्ला। प्रयत्‍न गर्दा मौकाको फाइदा लिन सकिनेछ।

मिथुन- आर्थिक पक्ष सबल बन्‍नुका साथै मानसम्मान पनि पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। उद्योगधन्दा र रोजगारीका लागि विभिन्‍न अवसर आउनेछन्। धार्मिक तथा सामाजिक काममा रुचि जाग्‍नेछ। काममा अवरोध आउने समय छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ।

कर्कट- आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन्। व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ। पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। विभिन्‍न अवसरले पछ्याउनेछन्। यात्रा फलदायी बन्‍नेछ र काममा उत्साह जाग्‍नेछ। व्यावसायिक काममा फाइदा भए पनि तत्काल खर्चसमेत गर्नुपर्ला। अप्रिय समाचारले मन खिन्‍न रहला।

सिंह- सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विश्‍वासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन्। श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला। विगतका निर्णयले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ।

कन्या- पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ। सामाजिक प्रतिष्‍ठामा कमी आउनेछ। काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला। मानहानि वा अपयशसमेत सम्भावना छ। आर्थिक अभावले सताउनेछ। गरिआएको कामलाई  निरन्तरता दिन सकिनेछ। आश्‍वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।

तुला- शिक्षा र साझेदारीमा फाइदा हुनेछ। परोपकार र मंगलमय काम सम्पादन गरिएला। मानसम्मान पाइनेछ। मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ। तर्कशक्ति बढ्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ।

वृश्‍चिक- बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ। अतिरिक्त आम्दानी बढ्नेछ। मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ। घरमा बसेरै विभिन्‍न काम सम्पादन गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ।

धनु- उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्‍नतिको सम्भावना छ। अनुकूल स्थानान्तरणको पनि योग छ। आफन्तजनसँगै मनमुटाव बढ्न सक्छ। नसा, वा जोर्नीसम्बन्धी समस्याले पनि सताउन सक्छ। समय प्रतिकूल रहनेछ। बन्धुबान्धव, इष्‍टमित्रसँग असमझदारी बढ्न सक्छ। न्यून उपलब्धीमा चित्त बुझाउनुपर्ने समय छ।

मकर- बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ। सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन्। कृषि र व्यवसायमा उन्‍नति हुनुका साथै मनग्य धन कमाउने अवसर जुट्नेछ। नयाँ नोकरीमा प्रवेश, पदोन्‍नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। आजको प्रयत्‍न निष्‍फलजस्तै होला। काम बिग्रने भयले सताउला।

कुम्भ- जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ। घरजग्गा जोड्ने मौका छ। विशेष अध्ययनका लागि विदेश यात्राको योग छ। साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ।

मीन- रोकिएका काम बन्‍न थाल्नेछन्। परोपकार र सामाजिक काममा रुचि जाग्‍नेछ। पठनपाठनमा पनि प्रगति हुनेछ। सोच्‍ने शक्ति बढ्ने छ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्ने छन्। अन्‍न तथा धनको पनि वृद्धि हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ। यात्रा व्यवस्थापनमा खर्च हुनेछ।

सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !
राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन
सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन
चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए
प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

  • ३.
    राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ४.
    सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

  • ५.
    चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

  • ६.
    प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

  • ७.
    रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

  • ८.
    झटारो : भाइरल बडका भलमन्सा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.