काठमाडौँ । आज पाकिस्तानी प्रधानमन्त्री इमरान खान सरकारका लागि विशेष दिन भन्ने भएको छ । इमरान प्रधानमन्त्रीको कुर्सीमा बस्ने कि जाने भन्ने टुंगो आजको पाकिस्तानी संसद बैठकले देखाउने भएको छ ।
Advertisement
राष्ट्रियसभाको बैठक आज बिहान ११ बजे सुरु हुने भनिए पनि १५ मिनेट ढिलो भएको थियो । इमरान पनि घर पुगेका छैनन् । यसैबीच सभामुख असद कैसरले विदेशी षड्यन्त्रको विषयमा चर्चा गरेपछि प्रतिपक्षबीच झडप भएको थियो ।
विपक्षी नेता शाहबाज शरीफ र इमरान सरकारका मन्त्री शाह महमूद कुरैशीले एकअर्कामाथि कडा प्रहार गरेका छन् । लगत्तै सभामुख कैसरले बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका थिए ।