काडमाडौं- कैलाली धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपलिका–८ क्याम्पस चोक बस्ने २१ वर्षीय सुवास थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।