• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

झटारो : भाइरल बडका भलमन्सा !

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

राशिफल : वृष- आम्दानी बढ्ने, सिंह- आकस्मिक खर्च


शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित

मेष– विगतका निर्णयले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

Advertisement

वृष– गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला। विभिन्न सहयोग र उपहार पाइनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ।

मिथुन– सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ।

कर्कट– प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला।

सिंह– बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा पनि राम्रै प्रगति होला। तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ।

कन्या– आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। स्वादिष्ट भोजनको आनन्द पाइएला। पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्। सचेत रहनुहोला।

तुला– अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। अरूले आलोचना गर्नसक्छन्। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ। फाइदा कम मात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला।

वृश्चिक– व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ। यात्राको व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानी साथ जुट्नुपर्नेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बिना प्रतिस्पर्धा फाइदा हुने योग छ।

धनु– खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।

मकर– सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नुपर्ला। प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्।

कुम्भ– काममा अवरोध आउने समय छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ। आयआर्जन पनि राम्रै हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ।

मीन– व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला। अप्रिय समाचारले मन खिन्न रहला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ।

शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !
राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन
सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन
चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए
प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

  • ३.
    राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ४.
    सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

  • ५.
    चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

  • ६.
    प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

  • ७.
    रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

  • ८.
    झटारो : भाइरल बडका भलमन्सा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.