Advertisement
संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदबाट रुस निलम्बित भएको छ।
राष्ट्रसंघको महासभामा शुक्रबार भएको मतदानबाट रुसलाई निलम्बन गरिएको हो। युक्रेनमाथि अत्याचारपूर्ण आक्रमण जारी राखेको रुसले त्यहाँ नरसंहार गराएका रिपोर्ट एकपछि अर्को गर्दै सार्वजनिक भएपछि मानव अधिकार परिषदबाट निलम्बित गरिएको हो।
खासगरी, युक्रेनको बुचा शहरमा रुसले गरेको नरसंहारमा आधारित रहेर महासभाले यस्तो निर्णय लिएको हो।
रुसलाई निलम्बन गर्ने प्रस्तावका पक्षमा ९४ मुलुकले मतदान गरेका थिए। प्रस्तावमो विपक्षमा २४ मुलुक देखिए भने ५८ देश अनुपस्थित रहे।