Advertisement
डोटीको पूर्वीचौकी गाउँपालिकामा जिप दुर्घटना भएको छ। स्थानीय साझघाटबाट गैरागाउँ जाँदै गरेको से१ज ८३९ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
घटनामा कम्तिमा दुईजनाको मृत्यु भएको घटनास्थल पुगेका सञ्चारकर्मीले जनाएका छन्। घटनामा घाइते भएका चारजनालाई उपचारका लागि जिल्ला अस्पताल डोटीतर्फ लगिएको छ।
मृतक सनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए।