काठमाडौं- ललितपुर गोदावरी नगरपालिका-९ छेडा बस्ने ५६ वर्षीया मिना कार्की आफ्नै घर नजिक कुखुरा पाल्ने टहरो पछाडि गएराति मृत अवस्थामा फेला परेकी छन् ।
ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका-७ बस्ने ५८ वर्षीया गोमा माया परियार सोही ठाउँस्थित लिखु नदीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
बर्दिया बारबर्दिया नगरपालिका-१० दथैया बस्ने केशब सिंह ठकुरीको छोरा १५ वर्षीय बिजय सिंह ठकुरी सोही ठाउँस्थित जुरपानी नालामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-३ सखरपुरा बस्ने लालु मुखियाको छोरा ५ वर्षीय निरज कुमार मुखिया सोही ठाउँस्थित डिहबार थान पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रेपलाञ्चोक पाचँखाल नगरपालिका-१३ शेराबेसीस्थित सुनकोशी नदीको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।