Advertisement
प्रमुख प्रतिपक्षी दल एमालेले देशभरका ज्येष्ठ तथा वरिष्ठ कम्युनिस्ट नेतालाई सम्मान गर्ने भएको छ।
९ वैशाखमा विशेष समारोह आयोजना गरेर उनीहरूलाई सम्मान गर्न लागिएको एमालेले जनाएको छ।
नेकपा स्थापनाको दिन पारेर सम्मान कार्यक्रम तय गरिएको हो। ९–१० चैतमा सम्पन्न एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले उक्त निर्णय गरेको थियो।
विभिन्न आन्दोलनमा योगदान गरेका नेताहरूलाई पनि त्यस दिन हरेक पालिकास्तरमै सम्मान गरिनेछ। ९ वैशाख २००६ मा पुष्पलालको नेतृत्वमा नेकपा स्थापना भएको थियो।