Advertisement
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ। नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ ४८ पैसा घटेको छ भने डिजेल प्रतिलिटर दुई पैसा बढेर आएको छ।
सञ्चार माध्यमबाट नयाँ मूल्य सूची आएको जानकारी पाएका दुईपाँग्रे र चारपाँग्रे सवारी साधनमा इन्धन हालिहाल्न पेट्रोल पम्पहरूमा उपभोक्ताको लाइन लागेको छ।
नयाँ मूल्य सूचीअनुसार मट्टितेलको मूल्य प्रतिलिटर २२ रुपैयाँ १९ पैसा बढेको छ। यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर चार रुपैयाँ २३ पैसाले बढेर आएको छ।
यसपटक खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर दुई सय ७३ रुपैयाँ ३८ पैसाले बढेर आएको छ।
इन्धनको मूल्यमा घटबढ भइरहँदा आफ्नो घाटा पनि बढ्दो रहेको निगमको दाबी छ। नयाँ मूल्य सूचीअनुसार आगामी १५ दिनमा पाँच अर्ब २१ करोड रुपैयाँ घाटा हुने निगमको भनाइ छ।