Advertisement
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणका क्रममा पार्टी र सरकारमा कार्यवाहक तोकेका छन्।
देउवाले कांग्रेस कार्यवाहक सभापतिमा उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका छन्। यस्तै, कार्यवाहक प्रधानमन्त्रीका रूपमा देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई तोकेका छन्।
दुवैले देउवा स्वदेश नफर्किउन्जेल पार्टी र सरकारको नेतृत्व गर्ने छन्। यसअघि बेलायतको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन जाँदा पनि देउवाले पार्टी र सरकारमा कार्यवाहक तोकेका थिए।