काठमाडौँ । दक्षिण कोरियामा दुई सैनिक विमान ठोक्किँदा दुर्घटना भएको छ । शुक्रबार भएको उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
Advertisement
केटी-वान नामक दुई सैनिक ट्रेनर विमान साचेवान शहर नजिकै दुर्घटना भएको हो । घटनामा तीन जनाको मृत्युसँगै एक जना घाइते अवस्थामा भेटिएको समाचारमा जनाइएको छ ।
उद्धारका लागि तीन हेलिकोप्टरसहित २० वटा सवारी साधन घटनास्थल पुगेको छ । एजेन्सी