काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि डीन आर थम्प्सनलाई राजदूतमा सिफारिस गरेका छन् । उनी अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी हुन् ।
Advertisement
उनी विदेश मन्त्रालयको दक्षिण र मध्य एसिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिवका रूपमा काम गर्दै आएका थिए । उनी सन् २०२० देखि सन् २०२१ सम्म कार्यबाहक सहायक सचिव बनेर काम गरेका थिए ।
थम्प्सनले भारतको कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासमा रही काम गरिसकेका छन् । अंग्रेजीसँगै रोमानियाली र बंगाली भाषामा उनको दख्खल रहेको छ ।