काठमाडौँ । अमेरिकाको अन्तर राज्य राजमार्गमा धेरै सवारी साधन एकै ठाउँमा दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
Advertisement
देशको पेन्सिलभेनियामा सोमबार भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । स्थानीय समयअनुसार बिहान १०ः३० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा कार, ट्रक, ट्याक्टरलगायतका ६० सवारी साधन परेका थिए । हिउँ आँधीका कारण दुर्घटना भएको अधिकारीले जनाएका छन् ।
दुर्घटनामा परी अरु २० जना घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।