काठमाडौँ । न्यूरोडस्थित लगन टोलमा एक पुरुषको हत्या भएको छ । काठमाडौँ महानगरपालिका २१ स्थित लगन टोल घर भएका ५८ वर्षीय पृथ्वी वीर डंगोलको हत्या भएको प्रहरीले जनाएको छ ।
Advertisement
हत्याको आरोपमा ४७ वर्षीय विकास पोडे उर्फ घिउ साहु पक्राउ परेका छन् । गत चैत २ गते कुटपिटबाट गम्भीर घाइते भएका डंगोलको चैत ८ मा अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको हो ।
पोडेविरुद्ध ‘ज्यानसम्बन्धी कसुर’मा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।