काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूविरुद्ध मत दिने सांसदहरू समाजिक रुपमा कलकिंत हुने चेतावनी दिएका छन्। समाजिक रुपमा बेइज्जत हुने भएकाले ती सांसदको छोराछोरीसँग कसैले विवाह पनि नगर्ने खानले टिप्पणी गरेका छन्।
पाकिस्तानको संसदमा इमरान खानविरुद्ध मार्च २५ मा अविश्वासको प्रस्ताव टेबल हुँदैछ। विपक्षीहरूको गठबन्धनले सो प्रस्ताव संसदमा लादै छ । प्रस्तावकहरूले खानमाथि खराब शासन र आर्थिक असक्षमताको आरोप लगाएका छन्।
जनवरी महिनामा मात्र पाकिस्तानको महंगी १३ प्रतिशतले बढेको थियो। विशेषत पेट्रोलियम पदार्थ र खाद्यान्नको मूल्य आकाशिदा महंगी नियन्त्रण गर्ने सरकारी प्रयास निष्प्रभावी देखिएको छ।
विपक्षी दलहरूले अविश्वास प्रस्तावमा इमरान खानको पार्टीका केही सांसदले सघाउने दाबी ग्रेका छन्। तिनका अनुसार खानको तेहरिक–ए–इन्शाफ पार्टी र उसँग गठबन्धन बनाइएका पार्टीका २० सांसदले आफूहरूलाई सघाउने दाबी गरेका छन्। अघिल्लो निर्वाचनमा खानलाई जिताउन सघाएको आरोप खेपिरहेको सेनाको निगाहा पनि अन्त्य भएजस्तो देखिन्।
आइतबार पाकिस्तानको खिबर पाख्तुन्ख्वा प्रदेशमा आयोजित आमसभालार्य सम्बोधन गर्दै खानले भने, ‘तपाईका बालबच्च र परिवारको इज्जत र प्रतिष्ठा नष्ट हुनेछ, कसैले पनि तपाईका बालबच्चासँग विवाह गर्ने छैनन्, समाजिक सञ्जालको युगमा तपाई केही पनि लुकाउन सक्नु हुँदैन्।’
इमरान खान र उनका मन्त्रीहरूले विपक्ष गठबन्धनमाथि घुस दिएर सांसद किनिरहेको आरोप लगाएको छ भने आरोपलाई विपक्ष दलका नेताहरूले खण्डन गरेका छन्।
ह्युमन राइट्स वाचले अविश्वासको मत दिनुअघि हिंसा भड्किन सक्ने आरोप लगाएको छ। खानको क्याबिनेटमा सूचना मन्त्री रहेका फवाद चौधरीले अविश्वसको मतदान हुने दिन झण्डै १० लाख मानिसहरूलाई संसद घेर्न आह्वान गरेका छन्।
पाकिस्तनको सर्वोच्च अदलतले अविश्वासको प्रस्ताव दर्ता गर्दा सांसद वरपर भेला नगर्न निर्णय सुनाएको छ। सरकारका महान्याधिवक्ताले प्रधानमन्त्रीसँग कुरा गरेर संसदीय कारबाहीको समयमा कसैलाई संसदभित्र जान नदिने बताए।