काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि चिन पुगेका छन् । पाँचौँ कार्यकालका लागि निर्वाचित भएपछि पुटिनको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो ।
Advertisement
उनले आज नै चिनियाँ राष्ट्रपति सी जिनपिङसंग भेट गर्ने जनाइएको छ । रुस र चीनबीचको साझेदारी कसरी अगाडि बढ्छ भन्ने विषयमा पुटिन र जिनपिङको भेटमा छलफल हुने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
रुस र युक्रेनबीच दुई वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । यस युद्धका कारण अमेरिका र उसका सहयोगीहरूले रुसमाथि धेरै प्रकारका प्रतिबन्धहरू लगाएका छन् ।
तर, यस अवधिमा चीनले रुसको आर्थिक अवस्थालाई सम्हाल्न सहयोगी साबित भएको छ । चीनले रुसी सेनालाई प्रविधि र हतियार उपलब्ध गराएको आरोप पनि लागेको छ । जसका कारण चीनमाथि पनि दबाब परिरहेको छ ।