नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफु घरबारबिहीन भएको विवरण प्रस्तुत गरेका छन्।
मङ्गलवार आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने क्रममा सार्वजनीक गरेको विवरणमा आफ्नो घर नरहेको उल्लेख गरेका छन्
वारणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका प्रधानमन्त्री मोदीको नाममा कुनैपनि अचल सम्पत्ति नरहेको बताइएको छ।
बीबीसीका अनुसार भारतीय प्रधानमन्त्री मोदीसँग २ करोड ८५ लाख भारतीय रुपैयाँ छ। २०२४ मार्च ३१ सम्म उनको सम्पत्ति ३ करोड २ लाख ६ हजार ८८९ रहेको छ।
जसमा २ करोड ८५ लाख नगद रहेको छ। जुन विभिन्न बैंकमा फिक्स डिपोजिट छ भने उनीसँग ४ वटा सुनको औँठी पनि रहेको छ। जसको मूल्य २ लाख ६७ हजार ७५० भारतीय रुपैयाँ बताइएको छ।
प्रधानमन्त्री मोदीको नाममा न त आफ्नो घर छ न त जग्गा नै। उनको नाममा कुनै गाडी पनि छैन।प्रधानमन्त्री मोदीको वार्षिक तलब २० लाख भारतीय रुपैयाँ रहेको छ। उनलाई मासिक रुपले २ लाख भारतीय रुपैयाँ तलब दिने गरिन्छ।