काठमाडौँ । रुस–युक्रेनको जारी युद्धमा अमेरिकाले युक्रनेलाई ‘किलर ड्रोन’ उपलब्ध गराउने भएको छ । एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले अमेरिकाले युक्रेनलाई सय वटा किलर ड्रोन दिने जनाएको छ ।
Advertisement
अमेरिकी राष्ट्रपति जो बाइडन सरकारले घोषणा गरेअनुसार ती घातक हतियार युक्रेनलाई उपलब्ध गराउने भएको हो । ती सैन्य अधिकारीका अनुसार उपलब्ध गराउन लागिएको उक्त अस्त्र स्विचब्लेड ३०० हो । यसलाई झोलामा समेत बोक्न सकिन्छ ।
उक्त हतियार शत्रु पक्षका सैनिकलाई लक्ष्य गरेर प्रहार गर्न विकसित गरिएको हो । यसले कोसौँ परबाट लक्ष्यमा प्रहार गर्न सकिन्छ।
यो हतियार रुसी डिजाइनको भए पनि केही नेटो राष्ट्रसँग छन्।