• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

कश्मीरी पण्डितहरूको कथा : ‘द कश्मीर फाइल्स’, भारतमा चर्चा किन ?


बुधबार, चैत ०२, २०७८ मा प्रकाशित

‘कश्मीरी पण्डितहरूले कुनै दिन आफ्नो घर कश्मीर फर्किएर जाने अवसर आउला ?’ फिल्म ‘द कश्मीर फाइल्स’को यो एउटै संवादले पूरै फिल्मको कथा बताउँछ । भारतमा अहिले सामाजिक सञ्जाल, राजनीतिक क्षेत्र र मनोरञ्जन उद्योग यहाँसम्म कि घर–घरमा यही फिल्मको चर्चा छ ।

Advertisement

कश्मीरी पण्डितहरुको कश्मीरबाट भएको पलायनको कथा समेटेको यो फिल्म निर्देशक विवेक अग्निहोत्रीले निर्माण गरेका हुन्। र, फिल्म मार्च ११ मा रिलिज भएको थियो। भारतमा अहिले यो फिल्म कयौं हलहरु हाउसफुल चलिरहेको छ।

भारतका चार राज्यले फिल्म कश्मीर फाइल्सलाई कर छुट सुविधा दिएका छन्। संयोग के भने यी चार राज्यहरु हरियाणा, मध्य प्रदेश, कर्नाटक र गुजरात सबै भाजपा शासित राज्य हुन्।

‘द कश्मीर फाइल्स’भन्दा अगाडि आलिया भट्ट–संजय लीला भन्सारीको फिल्म ‘गंगूबाई काठियावाडी’ रिलिज भएको थियो। सो फिल्मले ‘द कश्मीर फाइल्स’को कमाईमा असर गर्ने मनिएको थियो। दोस्रो चुनौती दक्षिणी भारतीय फिल्म क्षेत्रका सुपरस्टार प्रभावको फिल्म राधे–श्यामका रुपमा आइपर्यो। जुन फिल्म ‘द कश्मिर फाइल्स’सँगै रिलिज भएको छ। ठूला फिल्मसँगको टक्करबाट बाबजुद फिल्मले रिलिज भएको तीन दिनमा २७.१५ करोड भारु कमाएको छ।

कोरोना महामारीपछि भारतमा रिलिज भएको केही मात्रै फिल्मले मात्र सफलता हासिल गरेका छन्। सुरुवाती कमाईका आधारमा फिल्म विश्लेषकले ‘द कश्मिर फाइल्स’लाई आसाका नजरले हेरेका छन्।

समाजिक सञ्जालदेखि राजनीतिक क्षेत्रसम्म फिल्मका चर्चाको भने फिल्मको कथावस्तु हो। यसलाई लिएर विवाद पनि उत्पन्न भएको छ।

राजनीतिसँग जोड्ने प्रयास र कपिल शोसँग जोडिएको विवाद

यो फिल्म मार्च ११ मा रिलिज भयो र त्यसको भोलिपल्ट विवेक अग्निहोत्री र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै रहेको एउटा तस्बिर भाइरल भयो। फोटो भाइरल भएपछि केहीले फिल्मलाई राजनीतिसँग जोड्ने प्रयास भएको भन्दै त्यसो नगर्न सुझाव दिए।

त्यसपछि एक चर्चित कमेडी शोका सञ्चालक कपिल शर्माले यो फिल्मलाई उनको कार्यक्रममा प्रमोशन गर्न नमानेको विषय बाहिर आयो। यस विषयमा धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले कपिल शर्मासँग प्रश्न गरे। कपिल शर्माले यिनै प्रश्न गरिएको ट्विटमध्ये एउटालाई रिट्वट गर्दै लेखे, ‘यो साँचो होइन।’

सोही ट्विटमा एक जना प्रयोगकर्ताले के कपिल शर्मा विवेक अग्निहोत्रीलाई आफ्नो कार्यक्रममा निम्ता दिन तयार छन् भन्ने प्रश्न गरेका छन्। सो प्रश्नको जवाफ कपिल शर्माले नभएर विवेक अग्निहोत्रीले दिएका छन्। जसमा अग्निहोत्रीले आफूलाई कपिल शर्माले बोलाउदैनन् भन्ने जवाफ दिएका छन्।

कश्मीरसँगै गुजरात दंगाको पनि चर्चा

‘द कश्मीर फाइल्स’ रिलिज भएसँगै गुजरात दंगाको पनि चर्चा शुरु भएको छ। अभिनेता तथा फिल्म समिक्षक केआरकेले ट्वीट गरेका छन्, ‘विवेक अग्निहोत्रीले आगामी फिल्म गोधारा घटनाबारे बनाउने छन् भन्नेमा म सतप्रतिशत सुनिश्चित छु।’

अन्य धेरैले विवेक अग्निहोत्रीसँग गुजरात दंगाको यथार्थ फिल्मको पर्दामा उतार्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल दुई भागमा विभाजित

फिल्मलाई लिएर भारतीय समाजिक सञ्जाल प्रयोगकर्ता दुई हिस्सामा विभाजित देखिएका छन्। केही मानिसले फिल्मले यथार्थ प्रस्तुत गरेको बताएका छन्। फिल्मको प्रसंसा गर्ने धेरै भाजपा नेता तथा समर्थकहरु छन्।

भाजपाका अधिकांश नेताहरुले फिल्मलाई शानदार बताएका छन्। उनीहरु आम भारतीयहरुले यो फिल्म एकपटक हेर्नै पर्ने बताएका छन्। दिल्ली दंगाको दौरान उग्र भाषण दिएर चर्चामा आएका कपिल मिश्राले यसबारेमा एक ट्विीट गर्दै फिल्मलाई अभुतपूर्व सफल बनाएर जाली उदारवादी, झुटा धर्म निरपेक्षवादीलाई पाठ सिकाउन आह्वान गरेका छन्।

केन्द्रीय महिला तथा बाल विकास मन्त्री स्मृति इरानीले पनि फिल्मको पक्षमा ट्विट गरेकी छन्। ‘यो फिल्म हेर्नुस्। निर्दोष मानिसको रगतले लत्पितिएको इतिहास फेरि कहिले नदोहो¥याइयोस् भन्नका लागि पनि यो फिल्म हेर्नुस्।’ बलिउड फिल्म अभिनेता अक्षय कुमार तथा दक्षिण भारतीय स्टार आर माधवनले पनि फिल्मको प्रशंसा गर्दै फिल्मका टिमलाई बधाई दिएका छन्।

राजनीतिक बहसमा फिल्म

कश्मीर पण्डितको विस्थापनलाई लिएर सोमबार केरलामा कंग्रेसको इकाईले गरेको ट्विटलाई भाजपा सांसद के.जे. अल्फोन्सले कंग्रेसले इतिहास नबुझ्ने जवाफ दिएका छन्। समाचार एजेन्सी एएनआईले डेढ लाख कश्मिरी पण्डितलाई भगदाउदा केन्द्रमा कंग्रेस सरकार रहेको र उसले त्यसमा समर्थन जनाएको आरोप लगाएका छन्।

त्यसअघि केरलाको कंग्रेस इकाईले आधिकारिक ट्विटर ह्याण्डलमार्फत कश्मीरी पण्डितको विस्थापनको मुद्दामा सोमबार श्रृङ्खलाबद्ध ट्विट गरेको थियो।

एउटा ट्विटमा लेखिएको छ, ‘कश्मिरी पण्डितहरुको मुद्दासम्बन्धी तथ्य यस्तो छ ः कश्मीरी पण्डितहरुले गर्भनर जगमोहनको निर्देशमा सामूहिक रुपमा कश्मिर उपत्यका छोडेका थिए। जगमोहन आरएसएस आबद्ध व्यक्ति थिए। भाजपाको समर्थन रहेको वीपी सिंह सरकारकै पालामा पण्डितहरुको पलायत सुरु भएको थियो।’

‘आतकंवादी आक्रमणपछि कश्मिरी पण्डितहरुलाई सुरक्षा दिनुको साटो भाजपाका गर्भनर जगमोहनले उनलाई जम्मु पुनरस्थापित गर्न भने । यी सबैबीच कश्मीरी पण्डितहरुको ठूलो संख्या सुरक्षित महसुस गरिरहेका थिएनन्। त्यसपछि तिनले उपत्यका छोडे।’ अर्को एक ट्विटमा भनिएको छ।

अर्को ट्वीटमा भारतीय कंग्रेसको केरला इकाईले लेखेको छ, ‘विस्थापनको दौरान भाजपा अयोध्याको राम मन्दिर मुद्दामा देशमा हिन्दू–मुसलमानबीच विभाजन ल्याइरहेको थियो। कश्मीरी पण्डितको मुद्दामा भाजपा चुनावी लाभको लिए नक्कली आक्रोश निर्माण गर्ने गर्छ।’

केरलाको कंग्रेस इकाईले थप ट्विट गरेको छ, ‘भाजपाले कश्मीरमा सिर्फ हिन्दू–मुसलमानबीचको विवाद देख्छ, कंग्रेसले भने यसलाई पृथकतावादी र भारतको बीचमा उभिएका मानिसबीचको एक लामो लडाईको रुपमा हेर्छ। यसैले ती सबै कश्मीरीको सम्मान गर्नुस् जसले यो युद्धमा बलिदान दिए। कांग्रेस शान्ति र पण्डितहरुलाई पुनरस्थापित गर्यो। भाजपाको राजनीतिले यसलाई बर्बाद गर्यो। ’

के हो कश्मीरी पण्डितको समस्या ?

सन् १९४७ मा भारत र पाकिस्तान बेलायतको शासनबाट स्वतन्त्र भएपछि कश्मीरमा कसको शासन हुने भन्नेमा विवाद उत्पन्न भयो। यो विवाद आजसम्म निरुपण हुन सकेको छैन।

कश्मीरभित्र अलग स्वतन्त्र राज्य हुने वा भारतमा रहेने वा पाकिस्तानमा मिसिने भन्ने तीन धार छ। र यो तीन धार एक अर्कालाई फिटिक्कै मन पराउदैनन्।

मुसलमान बहुल कश्मीर प्रान्तको सबैभन्दा ठूलो बसोबास रहेको कश्मीर उपत्यकामा सताब्दिऔंदेखि नै सानो हिन्दू जनसंख्याको बस्दै आएको थियो। कश्मीरी हिन्दू वा कश्मीरी पण्डित भनिने सन् १९८९ अघि ६ प्रतिशत रहेको थियो।

तर, सन् १९८९ मा कश्मीरमा भारतीय शासनविरुद्ध कायम विद्रोह सुरु भयो। हुनत त्यस भेगमा भारतीय सेना र प्रशासनको व्यवहारप्रति लामो समयदेखि असन्तुष्टि थियो। तर यो असन्तुष्टि विष्फोट हुने कारण बन्यो सन् १९८७ को राज्य सभा चुनावमा भएको धाँधली।

कश्मीरमा उठेको विद्रोहम भारतीय राज्यविरुद्ध लक्षित भए पनि कश्मीर उपत्यकाका हिन्दूहरु पनि आक्रोसको सिकार भए। यसका कारण सन् १९९० मा ठूलो संख्यामा कश्मीरी पण्डितले उपत्यका छाडे। अध्यताहरुका अनुसार त्यसबेला कूल १,५०,००० कश्मीरीले उपत्यका छाडेको बताइन्छ।

हाल चर्चामा रहेको कश्मीर फाइल्स फिल्मले कश्मीरी पण्डितको कश्मीर उपत्यका बहिरगमनको कथा उठाएको छ।

  • पण्डित
  • भारत
बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.