• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

रुसी तेल रोक्दा ह्वात्तै गरिबी बढ्ने जर्मनीको चिन्ता


मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित

जर्मनीले तत्कालै रुसी ग्यास तथा तेलमा प्रतिबन्ध लगाउन नसक्ने बताएको छ। जर्मनीका आर्थिक र उर्जा मन्त्री रोबर्ट हवेकले सरकारी टीभी एआरडीसँगको कुराकानीमा यो कुरा स्पष्ट गरेका हुन्। टेलिभिजन संवादका क्रममा मन्त्री हेबेकले रुसी तेलबिना उनको मुलुकले सामना गर्नुपर्ने कयौँ कठिनाईको सूची नै प्रस्तुत गरेका थिए।

Advertisement

हेबेकका अनुसार रुसी तेलबिना जर्मनीमा ठूलो संख्यामा मानिसले बेरोजगार हुनेछन्, जो कालान्तरमा गरिबीमा धकेलिने छन् । ‘त्यति मात्र होइन, मानिसहरुसँग अति चिसो मौसममा घर न्यानो बनाउन र सवारी साधन चलाउन इन्धनको विकल्प उपलब्ध हुने छैन,’ सत्तारुढ गठबन्धनको एक ग्रिन पार्टीबाट मन्त्री बनेका हेबेकले भने।

जर्मनी पश्चिमी मुलुकहरुमध्ये सबैभन्दा बढी रुसी उर्जामा निर्भर छ। जर्मनीले प्रयोग गर्ने कूल प्राकृतिक ग्यासको ५५%, कोइलाको ५२% र खनिज तेलको ३४ % भाग रुसबाट किनिरहेको छ। आलोचकहरुले रुसबाट इन्धन किन्नु अप्रत्यक्ष रुपमा युक्रेनमाथिको रुसी आक्रमणलाई आर्थिक सहयोग गरे बराबर हुने बताएका छन्। इन्धनको निर्यात रुसको आयको प्रमुख स्रोत रहँदै आएको छ।

जर्मनीले यो गर्मी ऋतुभित्र रुसी कोइलाको प्रयोग त्याग्न सक्ने र यही वर्षको अन्तिमसम्म तेलमा पनि विकल्प खोज्न सक्ने बताएको छ।

जर्मनीले यसअघि आफूहरुले तत्कालै रुसी इन्धन बहिष्कार गर्न नसके पनि समय तालिका बनाएर चरणबद्ध रुपमा तिनको प्रयोग रोक्न सक्ने बताएको थियो। ‘हामीहरु कोइला, तेल र यहाँसम्म कि ग्यासमा समेत चरणबद्ध रुपमा आत्मनिर्भर हुन सक्छौँ। तर, अहिलै नै तिनको प्रयोग रोक्न असमर्थ छौँ, नैतिक रुपमा यस्तो स्वीकारोत्ति त्यति राम्रो सुनिदैन तर यही नै हाम्रो यथार्थ हो,’ हेबेकले भने ।

जर्मनीले यो गर्मी ऋतुभित्र रुसी कोइलाको प्रयोग त्याग्न सक्ने र यही वर्षको अन्तिमसम्म तेलमा पनि विकल्प खोज्न सक्ने बताएको छ। तर, ग्यासमा भने उसले त्यस्तो अल्पकालीन समयसीमा तोक्न नसक्ने बाध्यता रहेको देखाएको छ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी अल्पकालका लागि उर्जाको आपूर्तिलाई विविधिकरण गर्न खोज्दैछ। तर, यो कठिन विकल्प हो। किनकी सरकारले हाल सोचविचार गरिरहेको वायु तथा सौर्य उर्जा फार्मको निर्माणमा समय लाग्छ। जर्मन सरकारले अन्य देशबाट प्राकृतिक ग्यास निर्यात गर्नका लागि ब्रुन्सबुटेल र विल्हेल्मबभेनमा टर्मिनल निर्माण गर्ने बताएको छ। जसमा सामान्यतय पाँच वर्ष लाग्ने गर्छ।

अमेरिकाले सन् २०२१ मा उसको कच्चा तेलको आवश्यकताको ८ प्रतिशत हिस्सा मात्र रुसबाट पूरा गरेका उसलाई यो निर्णयले त्यति असर गर्ने छैन।

अन्य पश्चिमी देशले जर्मनीमाथि रुसी इन्धन बहिष्कार गर्न दबाब दिइरहेका छन्। हालै अमेरिकाले रुसी तेल आयातमा प्रतिबन्ध लगाएको छ। अमेरिकाले सन् २०२१ मा उसको कच्चा तेलको आवश्यकताको ८ प्रतिशत हिस्सा मात्र रुसबाट पूरा गरेका उसलाई यो निर्णयले त्यति असर गर्ने छैन। त्यस्तै अमेरिकालाई पछ्याउँदै बेलायतले पनि यो वर्षको अन्त्यसम्म रुसी तेल आयोग रोक्ने घोषणा गरेको छ।

युक्रेनमा रुसले आक्रमण सुरु गरेदेखि जर्मनीले विगतको तटस्थताको मार्ग परित्याग गर्दै युक्रेनलाई हतियार दिनेजस्ता केही कठोर विदेश नीति अंगीकार गरेको छ। तथापि, इन्धन बहिष्कार कार्यन्वयन गर्ने कुरामा भने उसले आफ्नो अफ्ठ्यारो बुझिदिन आफ्ना साझेदार मित्र शक्तिहरुसँग आग्रह गरेको छ।

विभिन्न थिंकट्यांक तथा आर्थिक संस्थानहरुले गरेको प्रक्षेपणअनुसार जर्मन सरकारले तत्काल रुसी ग्यास आपूर्ति बन्द गर्यो भने जर्मनीको कूल ग्राहस्थ उत्पादन ०.१ प्रतिशतदेखि ५.२ प्रतिशतसम्म खुम्चिन सक्ने देखाएको छ।

द गार्जियनबाट

  • गरिबी
  • मुलुक
मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.