Advertisement
चीनको इनर मंगोलिया स्वायत्त क्षेत्रको एक रासायनिक कारखानामा आगलागी हुँदा सातजनाको मृत्यु भएको छ।
बाओटो शहरको होन्डलोन जिल्लास्थित कारखानामा सोमबार बिहान करिब २:०८ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको सिन्हवाले जनाएको छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान थालेको छ।